'भुकम्प जोखिम न्यूनीकरण गर्न केन्द्र, प्रदेश र स्थानीय सरकारबीच हातेमालो आवश्यक' | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८१, बुधवार

‘भुकम्प जोखिम न्यूनीकरण गर्न केन्द्र, प्रदेश र स्थानीय सरकारबीच हातेमालो आवश्यक’

काठमाडौं, २ माघ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भूकम्पबाट हुन सक्ने क्षति रोक्न तीनै तहका सरकारले हातेमालो गर्नुपर्ने बताउनुभएको छ । मंगलवार भूकम्प सुरक्षा दिवसको अवसरमा काठमाडौं महानगरपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाल भूकम्पको जोखिम क्षेत्रमा पर्ने भएकाले जोखिम न्यूनीकरणका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारबीच हातेमालो आवश्यक रहेको प्रष्ट पार्नुभयो ।

संघीय सरकार पालिकाहरुलाई सामर्थवान बनाउन मिलेर काम गर्न तयार रहेको र सबै स्थानीय तहलाई आपतकालीन कार्यसञ्चालनका लागि औजार तथा उपकरण उपलब्ध गराउँदै आएको गृहमन्त्री श्रेष्ठको भनाइ छ ।

उहाँले विपद् व्यवस्थापनमा खटिने स्वंसेवकलाई राष्ट्रिय प्रणालीमा आबद्ध गर्ने प्रक्रिया सुरु भएको र त्यसमा काठमाडौं महानगरले पनि पहल लिएको भन्दै खुसी व्यक्त गर्नुभयो । गृहमन्त्री श्रेष्ठले काठमाडौं उपत्यकाका विद्यालय,सरकारी भवन र अस्पताल गरी ५३ वटा भवन संरचना र ४ वटा सडकहरु भूकम्पीय जोखिमका हिसावले संवेदनशील रहेको पनि बताउनु भयो ।

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विद्यालयलाई पहिलो प्राथमिकतामा राखेर विपद्सँग जुध्ने संरचनाको निर्माण गर्नुपर्ने बताउनुभयो । विद्यालयको पुनःनिर्माणका लागि स्थानीय सरकारको श्रोत, साधनले मात्रै नपुग्ने भएकाले प्रदेश र केन्द्र सरकारले आवश्यक चासो दिनुपर्ने उहाँको भनाइ छ ।

उपप्रमुख डंगोलले जोखिमको पूर्वतयारीलाई काठमाडौं महानगरले प्राथमिकतामा राखेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);