असंलग्न आन्दोलनको बैठक युगाण्डामा शुरुः प्यालेस्टाइन–इजरायल मुद्दा मुख्य एजेण्डा | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १७ २०८१, शनिबार

असंलग्न आन्दोलनको बैठक युगाण्डामा शुरुः प्यालेस्टाइन–इजरायल मुद्दा मुख्य एजेण्डा

एजेन्सी, २ माघ । असंलग्न आन्दोलनको बैठक सोमवारदेखि युगाण्डामा शुरु भएको छ । असंलग्न आन्दोलन (नाम) का सदस्य राष्ट्रका वरिष्ठ अधिकारीहरूले सोमवार कम्पालामा दुईदिने बैठकमा प्यालेस्टाइन–इजरायल समाधान विषयको एजेण्डा शिर्ष स्थानमा हुनुपर्ने आह्वान गरेका छन् । बैठकको उद्घाटन अजरबैजानका विदेश मामिलाका उपमन्त्री र अजरबैजानी प्रतिनिधिमण्डलका प्रमुख याल्चिन रफियेभले गर्नुभएको थियो । जसमा जटिल विश्वव्यापी चुनौतीहरूमा सदस्य राष्ट्रहरूलाई एकतावद्ध रहन आग्रह गरिएको छ । अजरबैजानले २०१९ मा एनएएमको अध्यक्षता ग्रहण गरेको र यो हप्ताको अन्त्यमा युगाण्डालाई हस्तान्तरण गर्ने तयारी गरिएको छ । युगाण्डाको परराष्ट्र मन्त्रालयका स्थायी सचिव भिन्सेन्ट बागिरेले युगान्डाले एनएमएको नयाँ अध्यक्षको रूपमा बैठकको एजेण्डा शिर्षकमा के हुनुपर्छ भन्नेमा सहमतिमा पुग्ने कुरा सुनिश्चित गर्ने बताउनु भयो ।

पूर्ण सत्रमा, संयुक्त राष्ट्रका लागि प्यालेस्टाइनका राजदुत रियाद मन्सुरले सदस्यहरूलाई प्यालेस्टाइन–इजरायल संकटलाई सम्बोधन गर्न आग्रह गर्नुभयो । मन्सुरले एनएएमले धेरै चुनौतिहरूको सामना गरिरहेको र मध्य पूर्वको संकट सबैभन्दा दबाबपूर्ण रहेको बताउनु भयो ।

लेबनान, संयुक्त अरब इमिरेट्स, इराक, टोगो, मोरिटानिया र माल्दिभ्स लगायतका प्रतिनिधिहरूले इजरायल–प्यालेस्टाइन मुद्दालाई एजेण्डाको मुख्य स्थानमा राख्ने प्रयासलाई समर्थन गरे । सोमालियाको विदेश मामिला र अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयका स्थायी सचिव हम्जा अदान हाडोउले बैठकमा सदस्य राष्ट्रहरूले सोमालियाको सार्वभौमसत्तालाई आफ्नो छिमेकीहरूमध्ये एउटा देशले हनन गरेको कुरालाई पनि सम्बोधन गर्नुपर्ने बताउनु भयो ।

इथियोपिया र सोमालील्याण्ड, सोमालियाको एक स्व–घोषित क्षेत्र, एक स्वतन्त्र राज्यको रूपमा सोमालील्याण्डको मान्यताको बदलामा इथियोपियालाई लाल सागरमा पहुँच बिस्तार गर्न अनुमति दिने सम्झौतामा हस्ताक्षर गरिएको छ । सोमालियाले यसलाई आफ्नो क्षेत्रीय अखण्डताको उल्लङ्घन भएको बताएको छ । युगाण्डाको परराष्ट्र मन्त्रालयकाअनुसार १२० सदस्य राष्ट्रमध्ये ९३ देशको बैठकमा सहभागीता रहेको छ । युगाण्डाले सदस्य राष्ट्रहरूबीच दक्षिण–दक्षिण सहयोग र ऐक्यबद्धता प्रवद्र्धन गर्न यो कार्यक्रम प्रयोग गरेको बताएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);