गठबन्धनका उम्मेदवारहरूलाई जिताउन शीर्ष नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै | ईमाउण्टेन समाचार

Our Network

असोज २४ २०८१, बिहीबार

गठबन्धनका उम्मेदवारहरूलाई जिताउन शीर्ष नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै

rastiya-sabha

काठमाडौं,२९ पुस । सत्ता पक्षीय गठबन्धनद्वारा गठित राष्ट्रियसभा निर्वाचन केन्द्रीय समन्वय समितिको बैठकले गठबन्धनका उम्मेदवारहरूको पक्षमा मतदानका लागि मतदाताहरूसँग अपिल गर्न शीर्ष नेताहरूलाई संयुक्त वक्तव्य जारी गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

समितिका संयोजक रमेश लेखकको संयोजकत्वमा शनिबार बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले समितिको सचिवमा अधिवक्ता केशवराज जोशीलाई चयन गर्ने निर्णय पनि गरेको छ । त्यस्तै राष्ट्रियसभा निर्वाचन प्रदेश समन्वय समिति र जिल्ला समन्वय समिति – २०८० ले गठबन्धन उम्मेदवारहरूको पक्षमा मतदाताहरूसँग चुनाव प्रचारप्रसारदेखि मतगणनासम्म गर्नुपर्ने कार्यहरूको बारेमा आवश्यक निर्देशन दिने पनि निर्णय गरिएको छ ।

शनिबारको बैठकमा सातवटै प्रदेशबाट राष्ट्रियसभा निर्वाचन प्रदेश समन्वय समिति – २०८० गठन भएको विवरण र जिल्लाहरूमा पनि समिति गठन भइरहेको जानकारी प्राप्त भई सो बारेमा छलफल भएको थियो । बैठकमा समितिका सदस्यहरू वर्षमान पुन, मनिष सुमन, डा. विजय पौडेल र आमन्त्रित रूपमा गोविन्द चौधरी सहभागी रहेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);