चन्द्रागिरी दुर्घटनाः बालरोग विशेषज्ञ डा.सृष्टि तिवारीले जिप हाँकेकी थिइन् ! | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

चन्द्रागिरी दुर्घटनाः बालरोग विशेषज्ञ डा.सृष्टि तिवारीले जिप हाँकेकी थिइन् !

काठमाडौं,२९ पुस । काठमाडौंको चन्द्रागिरी नगरपालिकामा शनिबार भएको जिप दुर्घटनामा एकै परिवारका पाँचै जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काठमाडौं महानगरपालिका ३० मैतिदेवी बस्ने ६७ वर्षीय ओमकार निधि तिवारी, उनकी श्रीमती ६४ वर्षीया कल्पना तिवारी, काठमाडौं महानगरपालिका २ लाजिम्पाट बस्ने तिवारी दम्पतीका ज्वाईं ३८ वर्षीय डा.महेशकुमार गौतम, उनका छोरा ४ वर्षीया प्रियान्स गौतम र छोरी ६ बर्षीया स्मारिका गौतमको मृत्यु भएको हो । जिपका चालक बालरोग विशेषज्ञ डा.गौतमकी श्रीमती डा.सृष्टि तिवारी गौतम सकुशल रहेको प्रहरीले जनाएको छ ।

४ जनाको घटना स्थलमै र स्मारिका गौतमको बल्खुस्थित बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ६ जना सवार प्र–३–०१–२३ च ६९८५ नम्बरको जिप शनिबार दिउँसो २ बजे दुर्घटनामा परेको हो ।

काठमाडौंबाट चित्लाङ जाँदै गर्दा चन्द्रागिरि नगरपालिका ४ पानीघाटभन्दा माथि हिमचुली सेतो पहरा भन्ने ठाउँमा जिप सडकबाट अन्दाजी ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);