कृषि उद्यमशिलता विकास र प्रवद्र्धनको लागि जनता एग्रो र कन्काई नगरपालिकाबीच सम्झौता | ईमाउण्टेन समाचार

Our Network

असोज ९ २०८१, बुधवार

कृषि उद्यमशिलता विकास र प्रवद्र्धनको लागि जनता एग्रो र कन्काई नगरपालिकाबीच सम्झौता

काठमाडौं, २७ पुस ||
जनता एग्रो र झापाको कन्काई नगरपालिकाबीच अग्र्यानिक व्यवसायिक कृषिका माध्यमबाट उचित मूल्य र बजार प्रवद्र्धनको लागि सम्झौता भएको छ । शुक्रवार काठमाडौंमा एक कार्यक्रम गरी जनता एग्रो एण्ड फरेष्ट्री लिमिटेड र कन्काई नगरपालिकाबीच व्यवसायिक कृषिका माध्यमबाट उचित मूल्य र बजार प्रवद्र्धन गर्नेगरी सम्झौता भएको हो । सम्झौता पत्रमा जनता एग्रोको तर्फबाट अध्यक्ष पवनकुमार गोल्यान र कन्काई नगरपालिकाको तर्फबाट नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले हस्ताक्षर गर्नुभएको हो । सम्झौतासँगै कन्काई नगरपालिकाका स्थानीय किसानले व्यवसायिक कृषिलाई अगाडि बढाउन आवश्यक तालिम, बीउ बिरुवा तथा प्रारगरिक मल, किटनाषक औषधि र उत्पादन खरिद बिक्री सम्मको व्यवस्था जनता एग्रो एण्ड फरेष्ट्रीले गर्ने भएको छ । हस्ताक्षर कार्यक्रममा बोल्दै जनता एग्रोका अध्यक्ष पवनकुमार गोल्यानले कनकाई नगरपालिकाका किसानले उत्पादनको उचित मूल्य र बजार पाउने विश्वास रहेको बताउनु भयो । उहाँले जनता एग्रोले जग्गा बाँझो राखेर युवाहरु विदेश पलायन हुनुपर्ने अवस्थाको अन्त्यको लागि व्यवसायिक कृषि ‘खेतिदेखि विक्रेता’ सम्म गुणात्मक उत्पादन र आपूर्ति प्रणालीको विकास गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पु¥याउने उद्देश्यले स्थानीय तहहरुसँग सम्झौता गरिरहेको बताउनु भयो । उहाँले कन्काई नगरपालिका भित्रका किसानहरुको आम्दानी कृषिको माध्यमबाट बढाउन आवश्यक रहेको बताउनु भयो । अध्यक्ष गोल्यानले कन्काईका किसानले एक बिगाह जग्गामा खेती गरेर वार्षिक ५० हजार कमाउन नसक्ने अवस्था रहेको भन्दै आफूहरुले पाँच वर्षमा ५ लाख आम्दानी गर्नसक्ने बनाउने प्रतिवद्धता जनाउनु भयो । उहाँले नेपालमा ४ खर्बको कृषि वस्तुहरु आयात गरिरहेको भन्दै नेपालमा नै कृषि उत्पादन गरी ४ खर्ब बराबरको निर्यात गर्नसक्ने बन्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष गोल्यानले आयात भइरहेको ४ खर्ब कृषि वस्तु आगामी ५ वर्षभित्रमा शुन्यमा ल्याउने प्रयासमा नगरपालिको साथ सहयोग हुने विश्वास गरिरहेको बताउनु भयो । उहाँले नगरपालिकासँगको सम्झौता र सहकार्यले कन्काई नगरपालिकामा हुने कृषि उत्पादनको पहिचान, उद्यमको विकास तथा कृषि प्रशोधन उद्योगको स्थापना गर्न सुधार पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले कन्काई नगरपालिका भित्रका १ हजार बिगाह जग्गामा व्यवसायिक कृषि उत्पादनको काम गर्नसक्ने बताउनु भयो । उहाँले कन्काई नगरपालिकाका किसानले उत्पादन गरेको कृषि सामग्री नेपाल र अन्तर्राष्ट्रिय बजारमा समेत जनता एग्रोले पु¥याउने प्रतिवद्धता जनाउनु भयो ।
कन्काई नगरपालिका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जनता एग्रोसँगको सम्झौताले कन्काई नगरपालिका भित्र कृषि उत्पादान र उद्यमका क्षेत्रमा क्रियाशिल उद्यमी तथा नवउद्यमीलाई अवसरको ढोका खुलेको बताउनु भयो । उहाँले जनता एग्रोसँगको सम्झौतासँगै किसानको जीविकोपार्जनको ग्यारेन्टीमा सघाउ पुग्ने र आर्थिक रुपमा समृद्धितर्फ अगाडि बढाउने विश्वास रहेको बताउनु भयो । उहाँले जनता एग्रो र नगरपालिकाबीचको सम्झौता कृषि क्षेत्रको लागि उदाहरणीय बन्नुपर्ने बताउनु भयो । उहाँले व्यवसायीक कृषि क्षेत्रको सुधार र उत्पादन वृद्धि गर्ने काममा नगरपालिका प्रतिवद्ध रहेको बताउनु भयो । त्यस्तै,कन्काई नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष भीष्मभूषण सिटौलाले जनता एग्रोसँगको व्यवसायिक कृषिको लागि भएको सम्झौता कृषि क्षेत्रको विकासको बाटो खोलेको रुपमा लिएको बताउनु भयो । उहाँले कन्काई नगरपालिकाका किसानहरुको समृद्धिका साथै कृषि रोजगारको अवसर मिल्ने अपेक्षा रहेको बताउनु भयो । नगरपालिकाको बाँझो रहेको जमिनलाई एग्रोले उच्च मूल्य पाउने कृषि उत्पादन लगाउने सझौता भएकाले त्यहाँको किसानको समस्या समाधान र आर्थिक आम्दानी बढाउनुभएको बताउनु भयो । जनता एग्रोले स्थानीय तहहरुसँग समन्वय र सहकार्य गर्दै अर्गानिक कृषि उत्पादन वृद्धि गरी बजारीकरणका लागि पहल गरिरहेको छ । सरकारले नै स्थानीय तहरुसँगको सहकार्यमा किसानहरुले उत्पादन गरेको कृषि सामग्रीलाई बजारीकरण गर्न आवश्यक छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);