मातृ भाषामा पढ्नेहरुको कमी देखियोः पाठ्यक्रम विकास केन्द्र | ईमाउण्टेन समाचार

Our Network

जेठ १२ २०८१, शनिबार

मातृ भाषामा पढ्नेहरुको कमी देखियोः पाठ्यक्रम विकास केन्द्र

काठमाडौं, २६ पुस ||
पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहमा मातृ भाषाको पाठ्यक्रम पढ्नेहरुको संख्यामा कमी देखिएको बताएको छ । बिहीवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सुचना प्रविधि समिति बैठकमा बोल्दै पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालले मातृभाषाको पाठ्यक्रम पढ्नेहरुको संख्या कम रहेको बताउनुभएको हो । उहाँले संविधानले मातृ भाषामा शिक्षा लिन पाउने हक सुनिश्चित गरेअनुरुप पाठ्यक्रम विकास केन्द्रले मातृ भाषामा पढाउन पाठ्यक्रम बनाएर लागू गर्दा समेत मातृ भाषामा पढ्नेहरुको संख्यामा कमी देखिएको बताउनु भयो । उहाँले कुनै भाषाको पाँच÷सात सय पुस्तक छपाई गर्दा वर्षांैसम्म पनि किताव किन्न आउनेहरु नभएका बताउनु भयो । उहाँले मातृ भाषामा शिक्षा दिनेकुरा प्रभावकारी बन्न नसकेको बताउनु भयो । महानिर्देशक अर्यालले गणित, विज्ञान र कम्प्युटर शिक्षा अंग्रेजीमा पढाउनुपर्ने नीतिगत व्यवस्था गर्नु नहुने बताउनु भयो । उहाँले आधारभुत तह १–५ का शिक्षकहरु अझैपनि अंग्रेजी माध्यममा पठनपाठन गराउन सक्ने अवस्थामा नभएको भन्दै यो प्रावधान प्रभावकारी हुन नसक्ने बताउनु भयो । उहाँले राष्ट्र र राष्ट्रियताप्रति बफादार बनाउनेगरी पाठ्यक्रम बनाउनुपर्ने आवश्यकताको महशुस भएको भन्दै सोही अनुरुप पाठ्यक्रमहरु परिमार्जन गर्न तयारी गरिरहेको पनि बताउनु भयो ।
उहाँले पाठ्यक्रम राम्रो बनाएर मात्र नहुने भन्दै त्यसको कार्यान्वयन पक्ष राम्रो हुनुपर्ने बताउनु भयो । उहाँले नेपालको पाठ्यक्रम दक्षिण एशियाको अन्य देशहरुसँग समान जस्तै रहेको उल्लेख गर्दै नेपाली पाठ्यक्रम कमजोर नभएको बताउनु भयो । उहाँले पाठ्यक्रमको कार्यान्वयनलाई प्रभावकारी बनाउनुपर्ने बताउनु भयो । महानिर्देशक अर्यालले पाठ्यक्रम विकास केन्द्रले प्राविधिक धारका २१ वटा र मातृभाषाका ३१ वटा पाठ्यक्रम बनाएको पनि जानकारी दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);