विद्रोहमा संलग्न रहेको आरोपमा टर्कीमा ३८ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

पुष १० २०८१, बुधवार

विद्रोहमा संलग्न रहेको आरोपमा टर्कीमा ३८ जना पक्राउ

काठमाडौं,२६ पुस । टर्की प्रहरीले ३८ संदिग्धहरूलाई २०१६ मा कू को प्रयास गरेको आरोपमा पक्राउ गरेको आन्तरिक मन्त्री अली येर्लिकायाले बताउनुभएको छ । संदिग्धहरू गुलेन आन्दोलनसँग जोडिएका थिए ।

गुलेन आन्दोलन मुस्लिम धर्मगुरु फेथुल्लाह गुलेनको नेतृत्वमा र नामाकरण गरिएको हो ।

जसलाई उनका अनुयायीहरूले आध्यात्मिक नेताको रूपमा मान्दछन् । अंकाराले अमेरिकामा रहेका फेथुल्लाह गुलेनले कम्तीमा २५० जनाको ज्यान जाने गरी भएको ‘कु’ प्रयासको मुख्य योजनाकार रहेको आरोप लगाएको छ ।

टर्की सरकारले विद्रोहको प्रयासपछि सञ्जालसँग जोडिएका संदिग्धहरूमाथि कारवाही शुरु गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);