काठमाडौं,२६ पुस । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको आज नामावली सार्वजनिक गर्दैछ । राष्ट्रिय सभाका १९ सिटका लागि ७ प्रदेशबाट ५२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
उम्मेदवारहरुले भोलि (शुक्रबार)सम्म नाम फिर्ता लिन चाहने उम्मेदवारले नाम फिर्ता लिनसक्ने आयोगको कार्यतालिकामा उल्लेख छ ।
आयोगले उम्मेदवारलाई निर्वाचन चिन्ह्र पुस २८ गते गरिने वितरण गर्दैछ । सातै प्रदेशमा एक÷एक मतदानस्थल र दुई/दुई मतदान केन्द्र कायम गरिएको छ ।