काठमाडौंबाट उडेको श्री एयरलाइन्स र बुद्ध एयरको जहाज सुर्खेतमा अवतरण | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

काठमाडौंबाट उडेको श्री एयरलाइन्स र बुद्ध एयरको जहाज सुर्खेतमा अवतरण

धनगढी,२५ पुस । आज बिहान काठमाडौंबाट उडेको श्री एयरलाइन्स र बुद्ध एयरको जहाजहरु अवतरण गर्न नसकेपछि डाइभर्ट भएका छन् ।

प्रतिकुल मौसमका कारण धनगढी विमानस्थलको हवाइ सेवा प्रभावित भएको हो । बाक्लो हुस्सुका कारण भिजिविलिटी कम भएपछि दुवै विमान सुर्खेत विमानस्थलमा अवतरण गरेका हुन् ।

बिहान ९ बजेर ३९ मिनेटमा उडेको जहाजले धनगढीको आकाशमा ४५ मिनेट फन्को हाने पनि मौसम नखुलेपछि सुर्खेत विमानस्थलमा अवतरण गरिएको हो ।

बिहान ९ बजेर ४० मिनेटमा काठमाडौंबाट उडेको बुद्ध एयरको जहाज कर्णालीको आकाशबाटै फर्किएर सुर्खेत विमानस्थलतर्फ गएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);