कोरोनाको बढेसँगै महाशाखाले माग्यो सबै निकायसँग दैनिक रिपोर्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

कोरोनाको बढेसँगै महाशाखाले माग्यो सबै निकायसँग दैनिक रिपोर्ट

काठमाडौं,२५ पुस । कोरोनाको संक्रमण बढेसँगै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दैनिक रिपोर्ट बुझाउन सबै निकायलाई अनुरोध गरेको छ । महाशाखाले एक विज्ञप्ति जारी गरी सबै सेन्टिनल साइट, प्रवेश विन्दु, कोभिड रिपोर्टिङ ल्याव र सरकारी तथा निजी अस्पतालहरुलाई संक्रमितहरुको दैनिक प्रतिवेदन अनिवार्य रुपमा बुझाउन अनुरोध गरेको हो ।

महाशाखाले पिसिआर पोजेटिभ विरामीको जिनोम सिक्वेन्सिङका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन पनि भनेको छ । केही देशहरुमा कोभिड–१९ संक्रमणको नयाँ सब–भेरियन्ट ’जेएन.१’ को जोखिम बढिरहेको र छिमेकी देशमा फैलिरहेकोले नेपालमा पनि जोखिम बढेको भन्दै सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयले यसअघि नै अनुरोध गरिसकेको छ । नेपालमा पनि ’जेएन.१’ भेरियन्ट सात जनामा पुष्टि भइसकेको छ ।

यसैगरी नेपाल नागरिक उड्डयन प्राधिकरणले कोरोना संक्रमण बढिरहेको सन्दर्भमा फैलावट रोक्न जनस्वास्थ्यका सबै मापदण्ड अपनाउने निर्णय गर्दै सबै निकायमा सर्कुलर गरेको जानकारी गराएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);