नीति, नियम स्पष्ट नहुँदा कर्मचारी सरुवा व्यवस्थित बनाउन सकिएनः सचिव सिंह | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८१, शुक्रबार

नीति, नियम स्पष्ट नहुँदा कर्मचारी सरुवा व्यवस्थित बनाउन सकिएनः सचिव सिंह

काठमाडौं, २४ पुस ||
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले संघीय निजामति ऐन नआउँदा कर्मचारीहरु उत्साहित भएर काम गर्न नसकेको बताउनुभएको छ । मंगलवार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले निजामति कर्मचारी सरुवालाई व्यवस्थित बनाउन मन्त्रालय पूर्णरुपमा सफल हुन नसकेको बताउनु भयो । उहाँले निजामति सेवा ऐनमा २ वर्षमा मात्रै सरुवा गर्ने भन्ने नियम रहेको भएपनि विभिन्न कारणले तोकिएको समयसीमा भन्दा चाँडै सरुवा हुने गरेको बताउनु भयो । उहाँले नीति र कानून स्पष्ट नहुँदा कर्मचारी सरुवालाई व्यवस्थित बनाउन नसकेको बताउनु भयो । सचिव सिंहले निजामति सेवा ऐन नबन्दा पुरानै ऐनलाई मिलाएर चल्नुपर्ने बाध्यता रहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);