माउन्टेन हाइड्रोको साधारणसभा सम्पन्न, १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८२, मंगलबार

माउन्टेन हाइड्रोको साधारणसभा सम्पन्न, १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं,२४ पुस। माउन्टेन हाइड्रो नेपाल लिटिडेको आठौं वार्षिक साधारणसभा सोमबार (पुष २३ गते) कालिमाटी ब्याङ्क्वेटमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष सिताराम तिमल्सिनाको अध्यक्षतामा भएको साधारणसभाले १ १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

भव्य र सभ्य रुपले सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७९र०८० को वार्षिक प्रतवेदन र लेखा परीक्षकका प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९÷८० को वार्षिक आर्थिक विवरण (वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरु) माथि छलफल गरी पारित गरेको छ । त्यसै गरी सभाले आर्थिक वर्ष २०८० र ०८१ को लागि लेखापरीक्षक नियुक्ति समेत गरेको छ ।

सभाले अरु कुनै जलविद्युत आयोजनालाई प्राप्ती गर्ने तथा एक आपसमा गाभ्ने प्रस्ताव पारित गरेको छ ।

Leave a Reply