वैदेशिक रोजगार बोर्ड र मलेसियाको प्राइभेट कम्पनी ‘ईफडब्लूडब्लूएमसी’ बीच भएको सम्झौता खारेज गर्न माग | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

वैदेशिक रोजगार बोर्ड र मलेसियाको प्राइभेट कम्पनी ‘ईफडब्लूडब्लूएमसी’ बीच भएको सम्झौता खारेज गर्न माग

काठमाडौं, २३ पुस ||
वैदेशिक रोजगार बोर्ड र मलेसियाको प्राइभेट कम्पनी ‘ईफडब्लूडब्लूएमसी’ बीच भएको व्यवसाय विरोधी सम्झौता खारेज गर्न व्यवसायीहरुले माग गरेका छन् । सोमवार नेपाल वैदेशिक रोजगार व्यवसायी संघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारसँग यस्तो माग गरेका हुन् । उनीहरुले व्यवसायीहरुलाई सिण्डिकेट गर्नेगरी विचौलियालाई फाइदा हुनेगरी वैदेशिक रोजगार बोर्ड र मलेसियाको प्राइभेट कम्पनी ‘ईफडब्लूडब्लूएमसी’ बीच भएको सम्झौता खारेज गर्नुपर्ने माग गरे । पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष राजेन्द्र भण्डारीले मलेसियाको प्राइभेट कम्पनी ‘ईफडब्लूडब्लूएमसी’ भएको सम्झौता अव्यवहारिक र गम्भिर विषय भएकाले खारेज गर्न माग गर्नुभयो । उहाँले वैदेशिक रोजगार सम्बन्धि व्यवसाय नै मास्ने गरी सम्झौता भएको बताउनु भयो । उहाँले तत्काल यसरी भएको सम्झौता खारेज नगरे वैदेशिक रोजगार व्यवसाय बन्द गर्न बाध्य हुने बताउनु भयो । उहाँले वैदेशिक रोजगारीमा जानका लागि अनिवार्य गरिएको बायोमेट्रीक कुटनैतिक पहल गरी हटाउन माग गर्नुभयो । उहाँले साउदी अरब दुतावास काठमाडौँले कामदारलाई समय र पैसा दुवैको भार पार्नेगरी अनिवार्य गरेको बायोमेट्रीक कुटनैतिक पहल गरी हटाउनु पर्ने बताउनु भयो । उहाँले निःशुल्क तालिमका नाममा बनाईएको कार्यबिधिको अनावश्यक मापदण्ड हटाउनुपर्ने पनि माग संघले राखेको बताउनु भयो। अध्यक्ष भण्डारीले पछिल्लो समय काठमाडौंस्थित साउदी अरब दुतावासले बायोमेट्रीकलाई अनिवार्य गरी कामदारलाई समय र पैसा दुवैको भार पर्ने भन्दै असन्तुष्टि जनाउनु भयो ।
संघले अभिमुखीकरण तालिमको नयाँ मापदण्डअनुसार तय गरिएको कार्यविधिमा राहदानी अगाडी र एल टी नो अगाडी नै तालिमको व्यवस्था मिलाउनुपर्ने माग राखेको छ । त्यस्तै मानव तस्करी र विचौलियालाई फाइदा पुग्ने गरी प्रदान भइरहेको व्यक्तिगत श्रम स्वीकृत बन्द गरी संलग्न माथि छानबिन गरी कारवाही गर्न माग गरको छ । वैदेशिक रोजगारको आकर्षक गन्तव्य जापान, इजरायल (केयर गिभर बाहेक) कोरियाको इसेभेन भिषामा कामदार पठाउन व्यवसायीमार्फत व्यवस्था गर्नुपर्ने माग रहेको छ । वैदेशिक रोजगार ऐन, २०६४ लाई समय सापेक्ष परिमार्जन गर्न पनि सुझाव दिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);