भीमदत्त नगरपालिका जफत गर्यो पैदल मार्गमा रहेका सामान | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

भीमदत्त नगरपालिका जफत गर्यो पैदल मार्गमा रहेका सामान

पुष्कर भट्ट ||
कञ्चनपुर, पौष २३ ||
कञ्चनपुरमा भीमदत्त नगरपालिकाले पैदल मार्गमा रहेको समानहरुलाई जफत गरेको छ । महेन्द्रनगर बजार क्षेत्रमा पैदल मार्गमा राखिएका सामान भीमदत्त नगरपालिकाले सोमवार जफत गरेको हो । नगरपालिकाले पटक पटक निकालेको सुचनाको अवज्ञा गर्ने पैदल मार्गमा आफना समानहरु राख्ने व्यापारी घरधनीहरुको सामानहरु पालिकाले जफत गरेको हो ।
महेन्द्रनगर बजारका ५ वटै गल्लीमा रहेका घरधनी र व्यापारीहरुले पैदल मार्गमा राखेका सामानहरुलाई नगर प्रहरीले गाडीमा हालेर लगेको छ । पालिकाले बिभिन्न मितीमा पैदल मार्गमा राखेका सामानहरुलाई हटाउनु भन्दै सुचना निकालेको भएपनि घरधनीहरु र व्यापारीहरुले अटेरी गर्दा सामानहरु जफत गरिएको नगरपालिकाले जनाएको छ । भीमदत्त नगरपालिकाले पटकपटक सूचना आह्वान, अनुरोध एवं अनुनयविनय गर्दासमेत अटेरी गरेपछि बाध्य भएर सामनाहरु हटाउन सुरु गरेको नगर उपप्रमुख निलम लेखकले बताउनु भयो ।
नगर उपप्रमुख लेखकले यात्रु हिँड्ने फुटपाथ पनि कब्जा गर्दा पैदल यात्रुलाई समस्या भएको भन्ने जनगुनाशो आएको र मापदण्डविपरीत बनाएका संरचना एवं सामान नियन्त्रणमा लिँदै कारबाही गरिने बताउनु भयो ।
जफत गरिएको सामानहरु अहिले पालिकाले राखेको र कानुन बमोजिम कारवाही गरि अगाढी बढ्ने र यो कार्यलाई निरन्तरता दिने बताईएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);