त्रिविको उपकुपति नियुक्तिको दरखास्त आह्वान रद्ध | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

त्रिविको उपकुपति नियुक्तिको दरखास्त आह्वान रद्ध

काठमाडौं,२२ पुस । सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको दरखास्त आह्वान रद्ध गरेको छ । दरखास्तको चौतर्फी आलोचना भएपछि सरकारले दरखास्तका लागि खुलाएको विज्ञापन रद्ध गरेको हो ।

सरकारले सूचना जारी गर्दै गत २० गते सिफारिस समितिले माग गरेको दरखास्त रद्ध गरिएको जनाएको हो । गत शुक्रबार प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनको प्रावधान सच्याउन निर्देशन दिनु भएको थियो ।

प्रधानमन्त्रीले विश्वविद्यालयको सुधारकालागि विश्वभर रहेका नेपाली मध्येबाट योग्य मान्छे आओस् भनेर खुला प्रतिस्पर्धा गराउन खोजेको बताउनु भएको छ । तर प्रकाशित सूचनाले योग्य मान्छेहरू छनोटमा ढोका बन्द हुन सक्ने भन्दै त्यस्तो त्रुटिपूर्ण प्रावधान सच्याएर अर्को सूचना निकाल्न निर्देशन दिनु भएको हो ।

शुक्रबार छनोट तथा सिफारिस समितिको तर्फबाट प्रकाशित सूचनामा विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको विवरण प्रमाणित प्रतिलिपि पेस गर्नु भन्ने सूचनाप्रति प्रधानमन्त्री दाहालको ध्यानाकर्षण भएको थियो । त्यस्तो प्रावधानले पूर्वपदाधिकारीहरू मात्रै प्रतिस्पर्धाका निम्ति योग्य हुने र त्यसले व्यक्तिको याग्तामा सिन्डिकेट हुने बताईएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);