डेडिकेटेड र ट्रंकलाइन विवाद चाँडै टुंगिन्छः अर्थमन्त्री | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

डेडिकेटेड र ट्रंकलाइन विवाद चाँडै टुंगिन्छः अर्थमन्त्री

काठमाडौं, २१ पुस ||
अर्थमन्त्री डा. प्रकाशशरण महतले डेडिकेटेड र ट्रंकलाइन विवाद सरकारले चाँडै टुंग्याउने बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उद्योगीहरुको विद्युत लाइन काटेको कुरालाई सकरारले चाँडै टुंगो लगाउने बताउनुभएको हो । उहाँले विद्युतको लाइन काट्ने कुराले धेरै उद्योग, व्यवसाय प्रभावित भएको गुनासो आइरहेकाले यसको चाँडै समाधान निकाल्ने बताउनु भयो । उहाँले डेडिकेटेड र ट्रंकलाइन विवादलाई इज्जतको प्रश्न बनाउनु नहुने बताउनु भयो । उहाँले डेडिकेटेड र ट्रंकलाइन विवादको विषय थप अन्योल बनाउनु नहुने बताउनु भयो । अर्थमन्त्री महतले अर्थतन्त्र बिस्तारै चलायमान भइरहेकाले थप सकारात्मक कुराहरुको आवश्यकता रहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);