भृकुटीमण्डपमा ९ औँ नेपाल वुड अन्तर्राष्ट्रिय एक्स्पो, आईतवारसम्म चल्ने | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८१, शुक्रबार

भृकुटीमण्डपमा ९ औँ नेपाल वुड अन्तर्राष्ट्रिय एक्स्पो, आईतवारसम्म चल्ने

काठमाडौं, २० पुस ||
९ औँ नेपाल वुड अन्तर्राष्ट्रिय एक्स्पो शुरु भएको छ । शुक्रवारबाट काठमाडौंको भृकुटीमण्डपमा तीन दिने मेला सञ्चालन भएको हो । मेलामा विभिन्न देशहरुबाट ८० कम्पनीका स्टलहरु रहेका छन् । मिडिया स्पेस सोलुसन्स प्रा.लि. नेपाल र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेण्ट्स प्रा.लि. भारतको संयुक्त आयोजनामा मेला सञ्चालन गरिएको हो । ८० कम्पनीहरुले १५० भन्दा बढी ब्राण्डका सामानहरु प्रदर्शनीमा राखेको मिडिया स्पेस सोलुसन्स प्रा.लि.का प्रवन्ध निर्देशक सिर्जल भट्टराईले बताउनु भयो । उहाँले मेलामा २५ हजार जनाले अवलोकन गर्ने अपेक्षा राखेको बताउनु भयो । उहाँकाअनुसार मेला अवलोकन गर्नेहरुका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । साथै मेला बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ । मेलामा नेपाल, भारत, चीन, मलेसिया, इटाली लगायत देशका कम्पनीका स्टलहरु रहेको प्रवन्ध निर्देशक भट्टराईले बताउनु भयो । मेलामा बजारका भन्दा फरक र नयाँ सामग्रीहरु हेर्न र किन्न पाइने बताउनु भयो । उहाँले नेपालमा भएको काष्ठ उद्योगलाई प्रवद्र्धन गर्न मेलाले महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो । मेलाले नेपाल र विदेशी कम्पनीहरुले पनि आफ्नो बजार बिस्तार गर्ने अवसरका रुपमा भ्ुमिका खेल्ने बताउनु भयो । मेलामा आएका विदेशी कम्पनीहरुबाट उत्पादित सामग्रीहरु नेपालमा उत्पादन गर्नका लागि जानकारी मिल्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);