संवैधानिक परिषद् सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल सुरु | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

संवैधानिक परिषद् सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल सुरु

rajya bebastha-sarkarko alochana

काठमाडौं,२० पुस । राज्य व्यवस्था तथा सुशासन समितिमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल प्रारम्भ भएको छ ।

शुक्रवार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा प्रतिनिधि सभा अन्तर्गतको समितिमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा प्रारम्भिक छलफल शुरु भएको हो ।

बैठकमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहालले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयकमा सकेसम्म सर्वसम्मतिमा जोड दिइएको बताउनु भयो । उहाँले संवैधानिक नियुक्तिमा विगतमा देखिएका बेथिति र समस्याहरू निवारण गर्न संशोधन विधेयक ल्याइएको पनि बताउनु भयो । राज्य व्यवस्था समितिमा आईतवारबाट विधेयकमाथि दफावार छलफल प्रारम्भ हुनेछ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);