राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २० अर्ब तरलता खिच्ने | ईमाउण्टेन समाचार

Our Network

असार २६ २०८१, मंगलबार

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २० अर्ब तरलता खिच्ने

काठमाडौं, १९ पुस
नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २० अर्ब तरलता खिच्ने भएको छ । बिहीबार निक्षेप संकलन उपकरण बोलकबोलमार्फत २१ दिनको लागि २० अर्ब तरलता बैंकिङ प्रणालीबाट खिच्न लागिएको राष्ट्र बैंकले जनाएको छ । १८ पुसमा २५ अर्बको निक्षेप संकलन उपकरण परिपक्व भएको थियो । त्यसबाहेक पनि राष्ट्र बैंकले ६ वटा निक्षेप संकलन उपकरणमार्फत १ खर्ब २५ अर्ब तरलता खिचेको छ । बिहीबार थप २० अर्बको निक्षेप संकलन उपकरण बोलकबोल गर्न लागेको हो । १८ पुसमा २५ अर्बको निक्षेप संकलन उपकरण बोलकबोल गर्दा १९ अर्ब ९० करोडको प्रस्ताव आएको थियो । उक्त निक्षेप संकलन उपकरणको ब्याजदर अधिकतम ३ दशमलब ११ प्रतिशत र न्यूनतमा २ दशमलब ५९९ प्रतिशत प्रस्ताव गर्दा औसत ३ प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि निरन्तर निक्षेप संकलन उपकरण बोलकबोल गर्दै आएको छ । चालू आर्थिक वर्षमा निक्षेप संकलन उपकरणमार्फत ३ खर्ब ५ अर्बको तरलता खिचेको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);