रुसी सेनामा कार्यरत थप तीन नेपाली युवकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

पुष २६ २०८१, शुक्रबार

रुसी सेनामा कार्यरत थप तीन नेपाली युवकको मृत्यु

death body

काठमाडौं,१८ पुस । रुस–युक्रेन युद्धमा रुसी सेनामा कार्यरत थप तीन नेपाली नागरिकको मृत्यु भएको छ । रुसी सेनामा कार्यरत थप तीन जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार राहदानी नं १२२९९८९१ वाहक स्याङ्जाका हरिप्रसाद अर्याल, राहदानी नं ११०२७१७५ वाहक कैलालीका भरबहादुर शाह र राहदानी नं ०७५७३७३८ वाहक धादिङका राजकुमार गिरीको निधन भएको हो ।

यसअघि नै रुसी सेनामा कार्यरत गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रुपक कार्की,कास्कीका देवान राई,स्याङ्जाका पितम कार्की,दोलखाका राजकुमार रोका, इलामका गङ्गाराज मोक्तान तथा कुन्दन सिंह नागलको मृत्यु भइसकेका छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);