काठमाडौं, १७ पुस ||
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले कैलालीमा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने कुरामा कुनै दुविधा नराख्न आग्रह गर्नुभएको छ । मन्त्री राईले शहीद दशरथ राष्ट्रिय विज्ञान प्रतिष्ठान चलाउने कि भन्ने छलफल भएपनि अब त्यसलाई अब विश्वविद्यालयकै रुपमा अघि बढाउने बताउनुभएको हो । मंगलवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठकमा बोल्दै उहाँले यसअघि भने सो ठाउँमा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने कि स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने भन्ने विषयमा संघ र स्थानीय सरकारबीच अलमल भएपनि अब विश्वविद्यालयकै रुपमा अघि बढाउने विषयमा सरकार स्पष्ट रहेको बताउनु भयो । उहाँले सो विश्वविद्यालयले वरिष्ठ चिकित्सक गोविन्द केसीसँग गरिएको सम्झौता अनुसारको ७ वटा मेडिकल कलेज सोही विश्वलिद्यालयको मातहतमा राख्ने सोच सरकारले अघि बढाएको पनि बताउनु भयो । मन्त्री राईले उहाँले बुटवल र बर्दिवासमा मेडिकल कलेज स्थापनाका लागि जग्गा प्राप्तीको काम सकिएको र उदयपुर र इलाममा सो प्रक्रिया शुरु गरिएको पनि समितिलाई जानकारी दिनुभयो । उहाँले विश्वविद्यालय स्थापनाका लागि स्वास्थ्य मन्त्रालयसँग आफ्नो मन्त्रालयको कुनै पनि खालको तानातानीको अवस्था नरहेको पनि दोहो¥याउनु भयो । मन्त्री राईले विश्वविद्यालय बनाउने कुराको स्वामित्व शिक्षा मन्त्रालयले लिने भएकाले त्यसमा स्वास्थ्य मन्त्रालयसँग विवाद छ भन्ने कुरा नगर्न पनि सांसदहरुलाई आग्रह गर्नुभएको थियो ।
कैलालीमा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बन्ने कुरामा दुविधा नराखौंः शिक्षामन्त्री राई
ताजा समाचार
ग्लोवल हंगर इण्डेक्स २०२६ मा नेपाल ‘मध्यम श्रेणी’ मा
१३ घन्टा अघि
चीनमा भूकम्पपछि तीन मिनेटमै १२० विद्यार्थीको उद्धार
१४ घन्टा अघि




