काठमाडौं, १६ पुस ||
नेपाल उद्योग परिसंघले चालु आर्थिक वर्षको पहिलो तीन महिनाको आर्थिक अवस्था सार्वजनिक गरेको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै परिसंघले मुलुकको अर्थतन्त्रको वास्तविक अवस्थाबारे गरेको सर्वेक्षण नतिजा सार्वजनिक गरेको हो । परिसंघले गरेको सर्वेक्षणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अर्थतन्त्रमा सुधार नआएको देखाएको छ । परिसंघ अध्यक्ष राजेश अग्रवालले चालु आर्थिक वर्षको पहिलो तीन महिनाको आर्थिक अवस्था सार्वजनिक गर्दै सरकारले अर्थतन्त्रमा सुधार भएको दाबी गरेपनि परिसंघको सर्वेक्षणले सुधार भएको नदेखाएको बताउनु भयो । उहाँले कच्चा पदार्थको मूल्य निरन्तर उकालो लागेको र समग्र बजार माग खस्किरहेको देखिएको दाबी गर्नुभयो । उहाँले अर्थतन्त्रमा आएको मन्दीको कारण उद्योगहरुको कच्चा पदार्थको आयातमा समेत गिरावट आएको उल्लेख गर्नुभयो । उहाँले परिसंघको सर्वेक्षणले औद्योगिक उत्पादनको समग्र बजार मागमा अघिल्लो वर्ष २८.२८ प्रतिशतले ह्रास आएकोमा चालु आवको सोही अवधिमा थप १२.०६ प्रतिशतले घटेको देखिएको बताउनु भयो । अध्यक्ष अग्रवालले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको तीन महिनामा उद्योगहरूको समग्र मागमा कुल ३६.९३ प्रतिशतले संकुचन देखिएको उल्लेख गर्नुभयो । उहाँले गत आर्थिक वर्षको तुलनामा उद्योगहरूको कारोवार रकम पनि ३०.५४ प्रतिशतले खुम्चिएको बताउनु भयो । अध्यक्ष अग्रवालले अर्थतन्त्रको प्रतिकुल अवस्थाका कारण चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५५.३२ प्रतिशत उद्योगी व्यवसायीहरूले आफ्ना लगानीका योजनाहरू स्थगित गरेको सर्वेक्षणले देखाएको बताउनु भयो ।
अध्यक्ष अग्रवालले मुलुकको अर्थतन्त असाधरण खालको डेडलक देखिएको बताउनु भयो । उहाँले अर्थतन्त्रमा बैंकको ब्याजदर घटे पनि बजार माग बढे पनि अर्थतन्त्र सुधार हुने अवस्थामा नभएको परिसंघको धारणा रहेको बताउनु भयो । उहाँले अर्थतन्त्रमा देखिएको असाधरण खालको डेडलकलाई सुधार गर्न गर्नुपर्ने उपायको खोजिमा अर्थतन्त्रका जानकारहरुसँग छलफल गर्ने तयारीमा रहेको बताउनु भयो । उहाँले मुलुक आर्थिक मन्दिमा गएको दाबी गर्नुभयो । उहाँले तीन त्रैमासिकदेखि अर्थतन्त्र नेगेटिभ ग्रोथमा चलिरहेको बताउनु भयो । सरकारले अर्थतन्त्र सुध्रिएको दाबी गरिरहेको तर आफू अनुकुल विवरण मात्रै देखाउने गरेको उल्लेख गर्नुभयो । उहाँले बजारमा मागमा आएको उच्च गिरावटले अर्थतन्त्रलाई मन्दिमा लगेको प्रमाणित हुने दाबी गर्नुभयो । उहाँले बजारमा मागको कमी अन्तर्राष्ट्रिय रुपमा मूल्य वृद्धि भएकाले भएको बताउनु भयो । उहाँले बजार मूल्यलाई नियन्त्रण गर्न सरकारको नीतिले नसकेको बताउनु भयो । कोभिडको समयमा राष्ट्र बैंकले लिएको खुला नीतिलाई कडाई गरेकाले माग घट्न गएको अध्यक्ष अग्रवालको भनाई छ । उहाँले बजारको माग बढाउने वा घटाउने भन्ने सरकारको नीतिमा निर्भर हुने उल्लेख गर्नुभयो । उहाँले सरकारले पुँजीगत खर्च गर्नसके मात्रै मुलुकको अर्थतन्त्र चलायमान बनाउने बताउनु भयो । अर्थतन्त्र सुधार गर्नको लागि सरकारले पुँजीगत खर्च बढाउनुपर्ने भएपनि खर्च बढाउन नसकेको निष्कर्ष उहाँको छ । उहाँले निर्माण व्यवसायीहरुले पाउनुपर्ने ४० अर्ब रुपैयाँको भुक्तानी सरकारबाट हुन आवश्यक रहेको बताउनु भयो । उहाँले सरकारले बैंकको ब्याजदर घटाउने कुरा गरिरहेको भएपनि सरकार आफैँ साधरण खर्च धान्नको लागि बजारबाट पैसा उठाई रहेको दाबी गर्नुभयो ।
अध्यक्ष अग्रवालले सरकारले बजारबाट पैसा उठाइरहेकाले पनि बैंकको ब्याजलाई पूर्ण रुपमा घट्न नपाएको बताउनु भयो । उहाँले व्यवसायीहरुको बजारमा फसेको पैसा नउठ्ने समस्याले बैंकबाट ऋण समेत लिन नसकेको बताउनु भयो । बैंकमा तरलता भए पनि खराब कर्जा वृद्धि हुने डरले बंैकहरुले कर्जा प्रवाह गर्न नसकेको दाबी उहाँको छ ।
अर्थतन्त्र ‘असाधरण डेडलक’ देखियो, औद्योगिक उत्पादनको माग २८.२८ प्रतिशतले कमी आयोः परिसंघ
ताजा समाचार
मुस्ताङका दुई ‘कुमारी हिमाल’मा ऐतिहासिक सफलता
७ घन्टा अघि
लोकप्रियतावादको भ्रमबाट सचेत रहन एमालेको आह्वान
११ घन्टा अघि
नीतिगत बहस आर्थिक वृद्धिमा सीमित भयाे : मुख्यसचिव
१२ घन्टा अघि




