काठमाडौं, १६ पुस ||
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बालकुमारी घटनाको सन्दर्भमा आफूले सो रुट प्रयोग गर्दा त्यहाँ भइरहेको अवरोधको सम्बन्धमा सुरक्षा निकायले कुनै जानकारी नदिएको बताउनुभएको छ । सोमवार मन्त्री ज्वालाले गत शुक्रवार आफूले बालकुमारी क्षेत्रको रुट प्रयोग गर्दा सुरक्षा निकायले सो क्षेत्रमा भइरहेको अवरोधको सम्बन्धमा कुनै जानकारी नगराएको बताउनुभएको हो । गत शुक्रवार रोजगार अनुमति प्रणाली(ईपीएस) आवेदन फारम भर्न नपाएको भन्दै बालकुमारी क्षेत्रमा युवाहरुले प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले सोही रुट हुँदै आएको मन्त्री ज्वालाको गाडीमा आगजनि गरेका थिए भने प्रहरी हस्तक्षेपका कारण दुई जना युवाहरुको ज्यान समेत गएको थियो । सोही विषयमा कुरा गर्दै मन्त्री ज्वालाले आफू पार्टी केन्द्रिय कमिटी बैठकका लागि तीन दिनदेखि बालकुमारी आवतजावत गरिरहेको र सो दिनपनि बैठकस्थलबाट निस्किएर मन्त्रालय जाने क्रममा सो घटना भएको बताउनु भयो । उहाँले आफ्नो सुरक्षा अधिकृतले केन्द्रमा आफूहरु बालकुमारीबाट मन्त्रालय निस्किएको जानकारी गराएको भएपनि प्रहरी केन्द्रबाट बाटोमा अवरोध भएको र त्यो बाटो प्रयोग नगर्ने सम्बन्धमा कुनै जानकारी नआएको स्पष्ट पार्नुभयो । आफूहरुलाई बाटोमा अवरोध छ भन्ने कुरा जानकारी नै नभएका कारण त्यो रुट प्रयोग भएको उहाँको भनाई छ । मन्त्री ज्वालाले घटनाप्रति आफू दुःखी रहेको भन्दै दुःख पनि व्यक्त गर्नुभयो । उहाँले घटनामा आफूहरुको कुनै सम्बन्ध नभएको पनि उल्लेख गर्नुभयो । आफूहरु निर्दोष हुँदाहुँदै पनि आरोपित गरिएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले आफूहरु नै पीडित पक्ष भएको भन्दै सुरक्षाकर्मीहरुको कमजोरीलाई आफूहरुतिर थोपरिएको बताउनु भयो ।
बालकुमारी सडक अवरोध भएको कुरा सुरक्षा निकायले जानकारी गराएनः मन्त्री ज्वाला
ताजा समाचार
चीनले नेपाललाई नौ अर्ब रुपैयाँ अनुदान सहयोग गर्ने
२० घन्टा अघि
राष्ट्रपति पौडेल अस्पताल भर्ना
२१ घन्टा अघि