तामाङलाई अपहरण गरेको अभियोगमा ४ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

तामाङलाई अपहरण गरेको अभियोगमा ४ जना पक्राउ

काठमाडौं,१५ पुस । काठमाडौंको चाबहिलबाट ४ जना पक्राउ परेका छन् । रसुवा घर भई चाबहिलमा बस्दै आएका एक व्यक्तिलाई गत मंसिर १० गते अपहरण गरेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार हिस्सीछायाँ तामाङ अपहरणमा परेका हुन् । ४ जनाले तामाङलाई अपहरण गरेर बौद्ध हुँदै जंगलमा लगेर फिरौती रकम लिएर छाडेको बताइएको छ ।

आरोपीहरुले साढे १३ लाख फिरौती लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);