नेपाली खेलकुदका निकायहरुको भुमिकाबारे समीक्षा हुन आवश्यक छ–मन्त्री लिम्बू | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

नेपाली खेलकुदका निकायहरुको भुमिकाबारे समीक्षा हुन आवश्यक छ–मन्त्री लिम्बू

काठमाडौं, १४ पुस ||
युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले नेपाली खेलकुदका सरोकारवाला निकायको भुमिकाबारे समीक्षा गर्न आवश्यक रहेको बताउनुभएको छ । शंखमुलमा शनिवार आयोजित नेपाल ओलम्पिक कमिटी (एनओसी) को १५ औं साधारणसभाको अवसरमा मन्त्री लिम्बूले खेलाडीको अपेक्षाअनुरूप खेलकुदका निकाय एनओसी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को काम कारबाही र भुमिका विषयलाई लिएर समीक्षा गर्न आवश्यक रहेको औंल्याउनुभएको हो । खेलाडीका भावनाअनुरूपमा गर्नसक्यौं वा सकेनौं भन्ने विषयमा छलफल गर्न आवश्यक रहेको मन्त्री लिम्बूको धारणा थियो ।
मन्त्रीले लिम्बूले खेलकुदका जिम्मेवारी निकाय एउटै लक्ष्यमा एक भएर काम काम गर्ने हो भने नेपाली खेलकुद विकासको नतिजा आगामी पाँच वर्षभित्र देखिने बताउनु भयो । त्यसैले सराकोरवाला निकाय मिल्नुको विकल्प नभएको आवश्यकता औंल्याएउनु भयो । खेलकुद क्षेत्रको विकासका लागि सबै निकायको साझा धारणा आउनुपर्ने पनि मन्त्री लिम्बूले बताउनु भयो ।
मन्त्री लिम्बूले सरकार एक्लैले मात्र खेलकुद क्षेत्रको विकास गर्न सम्भव नभएको पनि जिकिर गर्नुभयो । उहाँले निजी क्षेत्र, सरोकारवाला र राज्य एक भएर काम गर्ने हो भने खेलकुद क्षेत्रले धेरै फड्को मार्ने बताउनु भयो । लगानी गर्ने व्यक्ति र संस्थालाई पनि प्रोत्साहन गर्न उत्तिकै आवश्यकता रहेको मन्त्री लिम्बूले बताउनु भयो ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपालमा ओलम्पिकको इतिहास लामो भएपनि अनुभव त्यति लामो हुन नसकेको स्वीकार गर्नुभयो । यसबीच एनओसीले उतारचढाव सामना गर्नुपरेकाले पनि त्यति धेरै गतिविधिहरू नभएको ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठको भनाई छ ।
ओलम्पिकमा सहभागिता मात्र होइन पदकको सम्भावना पनि ल्याउने वातावण बनाउन आफूहरू प्रतिवद्ध रहेको ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले बताउनु भयो । राज्य, खेलकुद संघ, मन्त्रालय र ओलम्पिक कमिटी एक भएर काम गर्दा मात्र नेपाली खेलकुदलाई परिणाममूखी बनाउन सक्ने अध्यक्ष श्रेष्ठको विश्वास छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले नेपाली खेलकुदको संस्थागत विकासको इतिहास लामो रहेको उल्लेख गर्दै उद्देश्यअनुरूप विकास हुन नसक्दा एकपटक सबैले समीक्षा गर्न आवश्यक रहेको औंल्याउनु भयो । घिसिङले पनि सामूहिक प्रयास गर्न एकै पटक पाइला बढाउन आग्रह गर्नुभयो । काम गर्ने तरिका बारे प्रशिक्षकसँगै हरेक खेलकर्मीले पनि आफूलाई समीक्षा गर्न उहाँको आग्रह छ । तब मात्र उपलब्धि सम्भव रहेको राखेप सदस्यसचिव घिसिङले बताउनु भयो । सो कार्यक्रममा ओलम्पियन दीपक बिष्ट र नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले पनि खेलकुद विकासका लागि सबै एक भएर लाग्नुपर्ने औंल्याउनु भयो । त्यसअघि सो साधारण सभाको युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);