काठमाडौं, १३ पुस ||
नेपाल पशुपंक्षी व्यवसायी संघले पशुसम्बन्धि ऐन तत्काल परिमार्जन गर्न सरकारसँग माग गरेको छ । संघका सचिवालयका प्रमुख आत्माराम पौडेलले सरकार र व्यवसायी दुवैले पालना गर्न नसकिने खालको प्रावधानसो ऐनमा रहेकाले त्यसलाई तत्काल परिमार्जन गर्नुपर्ने बताउनुभएको हो । शुक्रबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै पौडेलले सो ऐन परिमार्जनका लागि सरकार र संसदीय समितिमा आफूहरुले दिएको निवेदनको समेत सुनुवाई नभएको गुनासो गर्नुभयो । उहाँले सर्वोच्च अदालतले समेत दुई पटक सो ऐनलाई समयसापेक्ष बनाउन दिएको आदेशको पालना गरेको भन्दै सरकारप्रति आक्रोश समेत व्यक्त गर्नुभयो ।
बैठकमा कैलाली केरा उत्पादक संघका अध्यक्ष दीपेन्द्र थारुले सहुलियत दरको कृषि कर्जा अवधि १० वर्ष पु¥याउन सरकारको ध्यानाकर्षण गराउनु भयो । आर्थिक मन्दीको कारणले किसानहरुले लाभ लिन सक्ने अवस्था नरहेकाले सो कर्जाको अवधि बढाउनु आवश्यक रहेको उहाँको तर्क थियो । अध्यक्ष थारुले बैंकको ब्याजदर घटाउने व्यवस्था गर्न पनि सरकारलाई सचेत गराउनु भयो । अध्यक्ष थारुले नेपाली किसानको हीत हुनेगरी केराको निर्यात तथा आयातसम्बन्धि व्यवस्था सरकारले मिलाउनुपर्ने बताउनु भयो ।
सरकारले पशुसम्बन्धि ऐन तत्काल परिमार्जन गर्नुपर्छः पशुपंक्षी व्यवसायी संघ
ताजा समाचार
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
१५ घन्टा अघि
मन्त्रिपरिषद्को बैठक बस्दै
१६ घन्टा अघि