गभर्नर महाप्रसाद अधिकारीको राष्ट्र बैंक ऐन अनुसार शैक्षिक योग्यता नपुग्ने जिकिर | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८१, मंगलबार

गभर्नर महाप्रसाद अधिकारीको राष्ट्र बैंक ऐन अनुसार शैक्षिक योग्यता नपुग्ने जिकिर

काठमाडौं, १३ पुस । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट परेको छ । उनीविरूद्ध परेको रिटको पेशी शुक्रबार सर्वोच्चकी न्यायाधीश सुष्मलता माथेमाको इजलासमा परेको छ।

अधिवक्ताहरु दिपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चुडामणि भण्डारीले बिहीबार गभर्नर अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दर्ता गर्नु भएको हो ।

रिटमा मन्त्रिपरिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको छ । अदालतले रिटको पेसी शुक्रबार बिहान १० बजेका लागि तोकेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० गभर्नरका लागि शैक्षिक योग्यता न्यूनतम स्नातकोत्तर तोकिएको छ ।

तर, गर्भनर अधिकारीको योग्यता ऐन बमोजिमको नभएको हुँदा पदको लागि योग्य नहुने भन्दै रिटमा नियुक्ति बदरको माग गरिएको छ । गभर्नर अधिकारीको योग्यता चार्टर्ड एकाउण्टेण्ट मात्र रहेको र त्यो स्नातकोत्तर वा सो सरह नभएको दाबी रिटमा गरिएको छ गभर्नर अधिकारीको शैक्षिक योग्यताको विषयमा यसअघि पनि लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृतले हालेको रिट सर्वोच्चले खारेज गरिदिएको थियो ।

०७६ चैत २४ अधिकारीलाई गभर्नर नियुक्त गर्ने सरकारको निणर्य उत्प्रेषणको आदेशबाट बदर गर्दै न्यूनतम योग्यता नपुगेकाले अधिकारी विरुद्ध अधिकारपृच्छाको आदेश जारी गर्न रिटमा माग माग गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);