काठमाडौं, १२ पुस । नेपाल सुपर लिगको पुरस्कार राशि दोब्बर बढाइएको छ । आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट एनएसईएम प्राइभेट लिमिटेडले यस वर्ष पहिलो पुरस्कार ३५ लाखबाट बढाएर ७० लाख रुपैयाँ पु¥याइएको जनाएको छ ।
एक विज्ञप्ति जारी गर्दै एनएसईएमले यस वर्ष पुरस्कार राशि दोब्ब बनाइएको जनाएको हो । त्यस्तै उपविजेताले २० लाख रुपंयाँ पाउने पनि कम्पनीले जनाएको छ । यसअघि एनएसएलको पहिलो संस्करणमा विजेता टिम काठमाडौं रेजर्सले ३५ लाख रुपैयाँ पाएको थियो । त्यस्तै उपविजेता टिम धनगढी एफसीले १५ लाख रुपैयाँ प्राप्त गरेको थियो ।
यस पटक मोस्ट भ्यालुएबल प्लेयरले गोल्डेन बलसहित २ लाख रुपैयाँ पाउने पनि कम्पनीले विज्ञप्तिमा जनाएको छ । त्यस्तै सर्वाधिक गोलकर्ताले गोल्डेनबुटसहित १ लाख रुपैयाँ पाउनेछन् । त्यसैगरी उत्कृष्ट गोलरक्षकले गोल्डेन ग्लोभ्स र १ लाख तथा उदीयमान खेलाडीले १ लाख रुपैयाँ पाउनेछन् । प्रतियोगिताको फाइनल शनिबार हुनेछ । धनगढी एफसी फाइनल पुगिसकेको छ ।
आज दोस्रो क्वालिफायरमा भिड्ने ललितपुर सिटी पोखरा एफसीबीचको विजेताले फाइनलमा धनगढीसँग प्रतिस्पर्धा गर्नेछ ।