टर्कीको संसदीय समितिद्वारा स्वीडेनको नाटो प्रश्ताव अनुमोदन | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

एजेन्सी,१२ पुस । टर्कीको संसदीय समितिले स्वीडेनको नाटो प्रश्तावलाई अनुमोदन गरेको छ ।

टर्कीको संसदको विदेश मामिला समितिले स्वीडेनको नाटो प्रश्तावलाई छलफल पछि अनुमोदन गरेको हो । यो पूर्ण संसदको मतदानमा राख्नको लागि पहिलो चरण हो । नेटोमा स्वीडेनको प्रवेश प्रोटोकलको स्वीकृतिसम्बन्धी विधेयकलाई समितिले सत्तारुढ न्याय र विकास पार्टी, नेसनलिस्ट मुभमेन्ट पार्टी र प्रमुख विपक्षी रिपब्लिकन पिपुल्स पार्टीको मतले पारित गरेको थियो ।

आईवाईआई (गुड) पार्टीले विधेयकको विपक्षमा मतदान ग¥यो भने जनताको समानता र प्रजातन्त्र पार्टीले मतदानमा भाग लिएन । संसदले अन्तिम मतदानको लागि यस हप्ताको अन्त्यमा साधारण सभामा बोलपत्रमा बहस गर्नसक्नेछ । यदी संसद अवकाशमा प्रवेश गरेमा भोट आगामी नयाँ वर्षमा हुनेछ । सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);