एजेन्सी,१२ पुुस । राजधानी दिल्ली र राजस्थानमा कोरोनाको नयाँ सब–भ्येरियन्ट जेएन–१ बाट संक्रमण देखिएको छ । राजस्थानका चार बिरामीमा यो भेरियन्ट पुष्टि भएको हो । जसमध्ये एक बिरामीको हालै मृत्यु भएको छ ।
दिल्लीमा कोरोना पोजिटिभ पाइएका तीनवटा नमूनाको जीनोम सिक्वेन्सिङ रिपोर्ट गरिएको छ, जसमा एउटा नमूनामा जेएन–१ को संक्रमण पुष्टि भएको छ । अन्य दुई नमूनामा ओमिक्रोनको पुरानो भेरियन्टमा संक्रमण देखिएको छ । त्यस्तै, राजस्थानको अजमेर, दौसा, झुन्झुनु र भरतपुर जिल्लामा नयाँ संस्करणका एक–एक जना बिरामी फेला परेका छन् । जसमध्ये दौसाका बिरामीको मृत्यु भएको छ ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २९३ जना संक्रमित निको भएका छन् । त्यहाँ ६६ नयाँ केसहरू छन् । जानकारी अनुसार कोभिड सबभ्यारियन्ट जेएन १ का १०९ जना बिरामी छन् । सब–भ्यारियन्ट व्ल्.१ को धेरै जसो केसहरू गोवाबाट रिपोर्ट गरिएको छ । महाराष्ट्र, कर्नाटक, केरला, तमिलनाडु र तेलंगानाबाट पनि यस प्रकारका केसहरू रिपोर्ट गरिएको छ ।