महामारीलाई रोक्न विश्वको तयारी अझै नपुगेको डब्ल्यूएचओको टिप्पणी | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

महामारीलाई रोक्न विश्वको तयारी अझै नपुगेको डब्ल्यूएचओको टिप्पणी

काठमाडौं, ११ पुस । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले भविष्यमा आइपर्न सक्ने कोरोनाजस्ता महामारीसँग लड्न तयारी अवस्थामा रहनुपर्ने भन्दै सचेत गराएको छ । डब्ल्यूएचओले विश्वले तीन वर्षमा कोभिडका कारण निम्तिएको सङ्कट, पीडा र नोक्सानी भोगेको भन्दै अब भविष्यमा आइपर्न सक्ने यस्ता महामारीसँग लड्न तयारी गर्नुपर्ने अवस्था आएको जनाएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

सन् २०२३ मा प्रमुख स्वास्थ्य चुनौतीहरू निम्तिएको उल्लेख गर्दै डब्ल्यूएचओका महानिर्देशक टेड्रोस गेब्रेयससले सन् २०२३ ले स्वास्थ्य क्षेत्रमा आएका सङ्कटसँग लड्न बलियो आधार तय गरेको टिप्पणी गर्नु भएको छ । गेब्रेयससले गएको मे महिनामा अन्तर्राष्ट्रिय जनस्वास्थ्य आपत्कालका रूपमा कोभिड–१९को अन्त्य भएको घोषणा गर्नुभएको थियो ।

उहाँले अझै पनि हैजालगायत ४० वटाभन्दा धेरै प्रकोपहरूसँग लड्नुपर्ने अवस्था रहेको बताउनुभयो । डब्लूएचओको ७५औँ वर्ष समापन गर्दै गेब्रेयससले आपतकालीन तयारी र प्रतिक्रियाका सन्दर्भमा अर्को महामारीलाई रोक्न विश्वको तयारी कम नै रहेको टिप्पणी गर्नुभयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);