चालु आर्थिक वर्षको चैत्रभित्र दुध किसानको वक्यौता रकम भुक्तानी हुन्छः प्रधानमन्त्री दाहाल | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

चालु आर्थिक वर्षको चैत्रभित्र दुध किसानको वक्यौता रकम भुक्तानी हुन्छः प्रधानमन्त्री दाहाल

काठमाडौं, पुस १० ||
प्रधानमन्त्री पुष्पकमल दाहालले चालु आर्थिक वर्षको चैत्र महिनाभित्र दुध किसानहरुको वक्यौता रकम भुक्तानी हुने बताउनुभएको छ । मंगलवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयबाट राष्ट्रको नाममा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री दाहालले कृषि क्षेत्रमा दिइँदै आएको अनुदानलाई उत्पादनमा आधारित भएर वितरण गर्ने योजना सरकारको रहेको समेत बताउनु भयो । उहाँले कृषि क्षेत्रको रुपान्तरणका लागि सरकारले २०८१ देखि २०९१ सम्मलाई कृषि क्षेत्रको लगानी दशकको रुपमा अघि बढाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । प्रधानमन्त्री दाहालले वास्तविक किसानलाई कृषिमा सहुलियत ऋणको व्यवस्था गर्न सरकार लागि परेको पनि बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);