अब विश्वविद्यालयहरुमा राजनीतिक भागबण्डा हुँदैनः प्रधानमन्त्री दाहाल | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

अब विश्वविद्यालयहरुमा राजनीतिक भागबण्डा हुँदैनः प्रधानमन्त्री दाहाल

काठमाडौं, पुस १० ||
प्रधानमन्त्री पुष्ककमल दाहालले अब विश्वविद्यालयहरुमा राजनीतिक भागबन्डा नहुने बताउनुभएको छ । मंगलवार सरकारको एक वर्ष पुगेको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अब विश्वविद्यालयहरुमा राजनीतिक भागबण्डा नहुने बताउनुभएको हो । उहाँले संसारको कुनैपनि कुनामा रहेका योग्य नेपालीले विश्वविद्यालय सुधारको प्रष्ट र इमान्दार खाका सहित उपकुलपतिमा दाबी गर्न सक्ने बताउनु भयो । अब मेरिटोक्रेसी शुरु हुने र त्यसको प्रस्थान बिन्दु त्रिभुवन विश्वविद्यालय हुने उहाँले बताउनु भयो । प्रधानमन्त्री दाहालले शिक्षामा गुणस्तरीय र प्रतिष्पर्धी जनशक्ति देशभित्रै उत्पादन गर्न सरकारले बहुआयामिक कदम चाल्ने बताउनु भयो । उहाँले विद्यालयलाई राजनीतिक क्रिडास्थल बनाउनु नहुने भन्दै यसको निम्ति सरोकारवाला सबैको साथ चाहेको बताउनु भयो । यसै वर्षदेखि शिक्षक, विद्यार्थी अनुपातमा पनि सुधार गरिने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);