वर्तमान राज्य सत्ता र संसदीय व्यवस्थाको अन्त्यका लागि संघर्ष गर्ने वैद्यको घोषणा | ईमाउण्टेन समाचार

Our Network

मंसिर ४ २०८१, मंगलबार

वर्तमान राज्य सत्ता र संसदीय व्यवस्थाको अन्त्यका लागि संघर्ष गर्ने वैद्यको घोषणा

काठमाडौं, १० पुस ||
क्रान्तिकारी कम्युनिष्ट पार्टीका अध्यक्ष मोहन वैद्यले अहिलेको राज्य सत्ता र संसदीय व्यवस्थाको अन्त्यका लागि संघर्ष गर्ने घोषणा गर्नुभएको छ । मंगलवार माओ दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले शासन सत्ता फेरिएको भएपनि शोषण, उत्पीडनका रुपहरु पुरानै रहेको बताउनु भयो । उहाँले कम्युनिष्टहरु अहिले काँग्रेसीहरुको संसदीय व्यवस्थाको भाग खोसेर संसदीय व्यवस्था हाम्रो हो भनेर लागेको बताउनु भयो । उहाँले अहिलेको सत्ता र व्यवस्थाबाट जनताका समस्या समाधान हुन नसक्ने जिकिर गर्नुभयो । उहाँले राष्ट्रियता जनतन्त्र र जनजीविकाका समस्याहरु विकराल बनेर गएको दाबी गर्नुभयो ।
संसदीय व्यवस्थाको चुनावप्रति नागरिकहरु असन्तुष्ट छन् । चक्र झैँ ५÷५ वर्षमा घुमेका छन् । हुने केही होइन । गर्ने त्यही हो । सत्तामा ओली जी बस्ने अर्का जीले पूरै बिरोध गर्छन् । प्रचण्डजी प्रतिपक्ष भएर ओलीजी सत्तामा गयो भने फेरि ओलीजीलाई सत्तोसराप हाल्छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);