आठौं घरजग्गा मेलामा दुई अर्ब ५० करोड बढीको कारोबार हुने अपेक्षा | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८१, बिहीबार

आठौं घरजग्गा मेलामा दुई अर्ब ५० करोड बढीको कारोबार हुने अपेक्षा

काठमाडौं, १० पुस । काठमाडौंको भृकुटीमण्डपमा आठौं घरजग्गा मेला हुने भएको छ । भृकुटीमण्डपमा पुस १२ गतेबाट १५ गतेसम्म आठौं घरजग्गा मेला हुने भएको हो । मेलामा भवन तथा संयुक्त आवास र जग्गा योजनामा आवद्ध व्यवसायी, निर्माण सामग्रीका उत्पादक तथा बिक्रेता, इन्जिनियर तथा आर्किटेक्चर कन्सल्ट्याण्टलगायत स्वदेशी तथा विदेशी प्रदर्शकका साथै बैंक र बीमा कम्पनीको समेत सहभागिता रहने नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष विदुर धमलाले बताउनु भयो ।

उहाँले मेलामा फर्निचर, विद्युतीय सामग्री, सिमेन्ट, सजावटका सामान, स्टिल, फर्निचर, सिसा, काठ, ढुंगा लगायत निर्माण सामग्री प्रदर्शनमा राखिने पनि बताउनु भयो । उहाँले अहिलेको देशको आर्थिक अवस्था केही असहज भएपनि क्रेता र बिक्रेताबीच सूचना आदानप्रदान हुने र जानकारी पाइने माध्यम बन्ने बताउनु भयो । हरेक नागरिकहरुका लागि यो मेला महत्वपूर्ण रहेकाले मेलामा आएर अहिलेको घरजग्गाको कारोबारहरुबारे चासो राख्न सकिने बताउनु भयो । उहाँले यस वर्ष २ अर्ब ५० करोड रुपैयाँ भन्दा बढीको कारोबार गर्ने अपेक्षा राखेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले यो एक्स्पो २०८० साल पौष १२ गतेदेखि १५ गतेसम्म गर्दैछौँ । यो कार्यक्रम भृकुटीमण्डपमा आठौं रियल स्टेट स्क्स्पोको रुपमा हुँदैछ । हाम्रो जस्तो देशमा यो घरजग्गा शेयरको बजारजस्तै गरेर बजारको अवस्था छैन । त्यसकारणले पनि प्रत्येक वर्ष घर जग्गा मेला गर्दै आएका छौँ । कोभिडले गर्दा केही वर्ष गर्न सकेनौँ । र अहिले अवस्था अलि विपरित अवस्था भएपनि बायर्स र सेलर्सको कुरामा महत्वपूर्ण छ । सबै सेलर्सहरु हुनुहुन्छ, कहाँ कति अपार्टमेण्टहरु बन्दैछ, र घरजग्गा कस्तो कम्पनीबाट कहाँ बिक्री हुँदैछ भन्नेकुराको जानकारी आउनेछ । यो घरजग्गाको मेला भनेको मार्केट भयो, त्यसको जानकारी गर्नका लागि हामीले यो मेला शुरु गरेको हो । यो हरेक नागरिकलाई महत्वपूर्ण छ । यो कसरी उपलब्ध हुनसक्छ भन्दा बायर्सलाई आफ्नो प्रोडक्ट सेल गर्नुपर्ने हुन्छ । यो आठौं रियस एक्स्पो हो । हामी दुवैलाई फाइदा छ ।’

कोरोनाका कारण केही वर्ष यता रोकिएको घरजग्गा मेला शुरु हुनुले थप सहजता थप्ने उहाँको विश्वास छ । मेलाको अवलोकन डेढ लाख मानिसहरुले गर्ने आयोजकले आँकलन गरेको छ । उहाँले मेलाको लागि अन्तिम तयारी पूरा भइसकेको पनि बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);