काठमाडौं, ९ पुस ||
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो प्रदेशको विकास र समृद्धिका लागि संघीय सरकारसँग जुध्न समेत तयार हुने बताउनुभएको छ । उहाँले प्रदेशको विकास र समृद्धिका लागि संघीय सरकारसँग आफूहरु अल्झिन नचाहेको बताउनु भयो । सोमवार काठमाडौंमा आयोजित सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन र पर्यटन व्यवसायीको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशको विकासका लागि लगानी भित्र्याउन पनि निजी क्षेत्रलाई आह्वान गर्नुभयो । त्यसका लागि प्रदेश सरकारले आवश्यक वातावरण बनाउने उहाँको भनाई थियो । मुख्यमन्त्री शाहले सुदूरपश्चिम सम्भावना नै सम्भावनाको क्षेत्र भएकाले यसमा गरिएको लगानी खेर नजाने पनि दोहो¥याउनु भयो । उहाँले यस क्षेत्रको विकासका लागि नै लगानी सम्मेलन गर्न लागिएको पनि स्पष्ट पार्नुभयो । मुख्यमन्त्री शाहले देश भित्रै लगानीको वातावरण बनाउन सकेमात्रै वाह्य मुलुकबाट पनि लगानी भित्र्याउन सकिने भएकाले सुदूरपश्चिम प्रदेशको विकासमा पनि निजी क्षेत्रले जुटनुपर्ने तर्क गर्नुभयो ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसकी सांसद डा. आरजु राणाले सुदूरपश्चिम क्षेत्रको उत्थानका लागि पर्यटन क्षेत्रको विकासमा जोड दिनुपर्ने बताउनु भयो । उहाँले स्वदेशी तथा विदेशी पर्यटकहरुलाई सो ठाउँमा भित्र्याउनका लागि बनाउने कानूनको बारेमा संघीय संसदलाई सुझाव दिन पनि सुदूरपश्चिम प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।
लगानी बोर्डका प्रमुख प्रशासकीय अधिकृत सुशील भट्टले सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्न विकास तथा लगानी सम्मेलनमा संघीय सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो । उहाँले सो लगानी सम्मेलनमा सहयोगका लागि आफूहरुले प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल समेत गरेको जानकारी दिनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत भट्टले लगानी बोर्डले सबै प्रदेशको लगानी सम्भाव्यताको बारेमा विस्तृत रुपमा अध्ययन गरिरहेको र त्यसलाई निरन्तरता दिने बताउनु भयो ।
प्रदेशको समृद्धिका लागि संघीय सरकारसँग जुध्न तयार छौंः सुदूरपश्चिम मुख्यमन्त्री शाह
ताजा समाचार
प्रधानमन्त्री ओली आज चीन भ्रमणमा जाँदै
१३ घन्टा अघि