नेपाल वायुसेवा निगम र थाइ एयरवेजबीच ग्राउण्ड ह्याण्डलिङ सम्झौता | ईमाउण्टेन समाचार

Our Network

जेठ १९ २०८१, शनिबार

नेपाल वायुसेवा निगम र थाइ एयरवेजबीच ग्राउण्ड ह्याण्डलिङ सम्झौता

एजेन्सी,९ पुस । नेपाल वायुसेवा निगमसँग थाइ एयरवेजले ग्राउण्ड ह्याण्डलिङ सेवा लिन शुरु गरेको छ । नेपाल वायुसेवा निगम र थाइ एयरवेजबीच ग्राउण्ड ह्याण्डलिङ सेवा सम्झौता भएको हो । नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याण्डलिङ सेवालाई अझै राम्रो बनाउन थाइ एयरवेजले ८० थान ग्राउण्ड ह्याण्डलिङ सम्बन्धित सामग्रीहरु समेत नेपाल वायुसेवा निगमलाई हस्तान्तरण गरेको छ । सामग्रीहरु नेपाल वायुसेवा निगमको स्वामित्वमा रहनेगरी निगमका तर्फबाट कार्यकारी अध्यक्ष युवराज अधिकारी र थाइ एयरवेजको तर्फबाट थाइ एयरवेजका वेस्टर्न एण्ड मिडिल इस्ट मामिला प्रमुख नारिन्तोर्न सुक्कासियमले हस्ताक्षर गर्नुभएको नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडलले बताउनु भयो । उहाँले विगत लामो समयदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेल्फ ग्राउण्ड ह्याण्डलिङ गर्दैै आएको थाइ एयरवेजले नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याडलिङ लिनुले निगममाथिको विश्वास बढेको बताउनु भयो । उहाँले नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याण्डलिङ सेवामा सहयोग पुगोस् भन्ने उद्देश्यले थाइ एयरवेजले प्रयोग गर्दै आएको ८० थान ग्राम सामग्रीहरु नेपाल वायुसेवा निगमलाई हस्तान्तरण गरेको पनि बताउनु भयो । लामो समयदेखि सेल्फ ह्याण्डलिङ गरेको थाइ एयरवेजले नेपाल एयरलाइन्ससँग कमर्सियल ग्राउण्ड ह्याण्डलिङ गर्न सहमति हुनु नेपाल एयरलाइन्सको विश्वसनियता र नेपाल एयरलाइन्समाथि उठेको प्रश्नको जवाफ भएको बताउनु भयो ।

उहाँले भन्नुभचयो, ‘विगत लामो समयदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेल्फ ग्राउण्ड ह्याण्डलिङ गर्दैै आएको थाइ एयरवेजले नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याडलिङ लिन चाहेको हुँदा गएको २९ अक्टोबर, २०२३ देखि नेपाल वायुसेवा निगमको कमर्सियल ग्राउण्ड ह्याण्डलिङ सेवा लिइरहेको अवस्था छ । यसै सन्दर्भमा नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याण्डलिङ सेवामा सहयोग पुगोस् भन्ने उद्देश्यले थाइ एयरवेजले उसले प्रयोग गर्दै आइरहेको ८० थान ग्राउण्ड इक्वीपमेण्टहरु नेपाल वायुसेवा निगमलाई हस्तान्तरण गर्न चाहेअनुसार नेपाल सरकारको नियमानुसार स्वीकृति लिइ मंसिर ३० गते हस्तान्तरण कार्यक्रम भएको छ । यसबाट थाइ एयरवेज र नेपाल एयरलाइन्सको बीचमा अझ राम्रो सम्बन्ध रहनेछ । र थाइल्याण्डको सरकारले राष्ट्रिय ध्वजावाहक थाइ सरकारले नेपालको ग्राउण्ड ह्याण्डलिङ सेवाको विश्वसनियता र नेपाल वायुसेवा निगमको आइसाको प्रमाणित ग्राउण्ड ह्याण्डलिङ सेवा भनेर जुन भन्दै आएका छाँै, यसलाई मनन गरी यसको विश्वसनियतालाई मनन गरी यो सेवा लिएकोमा थाइ सरकार तथा थाइ एयरवेज, थाइल्याण्डको राष्ट्रिय ध्वजावाहकप्रति आभार प्रकट गर्न चाहन्छौँ । नेपाल एयरलाइन्सले अहिले २९ वटा एयरलाइन्सहरुसँग एग्रिमेण्ट गरी ग्राउण्ड ह्याण्डलिङ सेवा प्रदान गर्दै आइरहेको छ । धेरै समयदेखि सेल्फ ह्याण्डलिङ गरेको थाइ एयरवेजले नेपाल एयरलाइन्ससँग कमर्सियल ग्राउण्ड ह्याण्डलिङ गर्न एग्रि हुनु र सहमति पश्चात यो सेवा लिनु भनेको नेपाल एयरलाइन्सको विश्वसनियता र नेपाल एयरलाइन्समाथि उठेको जुन प्रश्न थियो, आक्रमण गर्ने जुन प्रयास थियो, यही अवस्थामा थाइ एयरवेजले विश्वास गर्नु हाम्रो लागि एउटा सम्पती हो । यसले नेपाल वायुसेवा निगमको यो सेवालाई अझ राम्रो छ भन्ने पुष्ट्याइँ हो ।’

प्रवक्ता पौडेलले थाइ एयरवेजले नेपाल एयरलाइन्समाथि विश्वास गर्नु एयरलाइन्समाथि भएको आक्रमण र उठेको प्रश्नको जवाफ भएको बताउनु भयो । गत मंसिर १५ गते नागरिक उड्डयन प्राधिकरणले निगमले गर्दै आएको ग्राउण्ड ह्याण्डलिङ प्रतिष्पर्धाबाट मात्र दिने निर्णय गरेको थियो । प्राधिकरणले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली, २०७८ को नियम ५ (२) अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भूमिस्थ प्रवन्ध सेवा प्रतिष्पर्धाको माध्यमबाट छनोट भएको संस्थामार्फत गराउने’ निर्णय गरेको थियो । सो निर्णयसँगै निगमका कर्मचारीले ट्रेड युनियन संघर्ष समिति बनाएरै आन्दोलन गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);