सुदूरपश्चिम र वागमतीको दोस्रो जित | ईमाउण्टेन समाचार

Our Network

असोज २४ २०८१, बिहीबार

सुदूरपश्चिम र वागमतीको दोस्रो जित

काठमाडौं,९ पुस । कविता जोशीको यादगार प्रदर्शन प्रेरणामा आईतवार सुदूरपश्चिम प्रदेशले जारी प्रधानमन्त्री कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ ।

अर्धशतक प्रेरणासँगै कविताले बलिङमा पनि साथ दिएपछि सुदूरपश्चिमले कीर्तिपुरमा कर्णाली प्रदेशमाथि ८१ रनको सफलता निकाल्दै जारी प्रतियोगितामा दोस्रो जित आत्मसात ग¥यो । कविताले ७८ रनका साथै दुई विकेट लिइन् । यता, सोही दिन नै मुलपानीमा वागमतीले गण्डकी प्रदेशमाथि चार विकेटको जित निकाल्यो । यससँगै समान तीन खेलबाट दुवैले पहिलो जित आत्मसात गरेको हो । समान खेलबाट कर्णाली तीन वटै खेलको नतिजा सुम्पिँदा गण्डकीले भने एक खेल जितेको छ । एक सय ५१ रनको लक्ष्य पछ्याएको कर्णालीले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेटको क्षतिमा ७० रन मात्र बनाउन सक्यो ।

कर्णालीका लागि तिर्सना विश्वकर्माले २८ रन तथा अन्जु गुरुङ र रश्मि खड्काले समान १० रन बनाए । सुदूरपश्चिमकी जानकी थापाले तीन विकेट तथा कविता जोशीले दुई र मनिषा चौधरीले एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय ५१ रनको योगफल बनाएको थियो । सुदूरपश्चिमकी कविताले ५० बलमा १० चौका र एक छक्का हिर्काउँदै आक्रामक ब्याटिङ गरिन् । रेवती धामीले अविजित २२ रन जोड्दा सम्झना खड्काले ११ रन र कप्तान ऋतु कनोजियाले १० रन बनाए ।

पाँचौं विकेटका लागि कविता र रेवतीले अविजित ८४ रनको साझेदारी गरे । कर्णालीका लागि अन्जु गुरुङले दुई तथा यमुना थारु र रश्मि खड्काले समान एक विकेट लिए । मुलपानी क्रिकेट मैदानमा गण्डकीले प्रश्तुत गरेको एक सय १३ रनको लक्ष्य वागमतीले १८.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा ग¥यो । वागमतीकी यशोदा बिष्टले अविजित ३९ रन तथा हेलिशा गुरुङले २० र सोनी पाख्रिनले १७ रन बनाए । गण्डकीका लागि शृष्टि जैसीले दुई तथा आकृति तिवारीले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको गण्डकीले २० ओभरमा चार विकेट गुमाउँदै एक सय १२ रनको योगफल बनायो । गण्डकीका लागि अञ्जली विश्वकर्माले ३२, सुमन खतिवडाले अविजित २८ रन, सिमान केसीले २८ र सृजना पौडेलले ११ रन बनाए । बागमतीका लागि करिश्मा गुरुङ, मनिषा उपाध्याय र कप्तान अस्मिना कर्माचार्यले समान एक विकेट लिए । आईतवार नै सम्पन्न अन्य खेलमा सशस्त्र प्रहरी बलको एपिएफ र कोशी प्रदेशले सफलता निकाल्दै जारी प्रतियोगितामा तेस्रो जित निकालेको छ ।

एपिएफले लुम्बिनीमाथि ९० रनको रबाफिलो जित निकाल्दा कोशीले मधेस प्रदेशलाई ६० रनको फराकिलो अन्तरले हरायो । कोशीले दिएको एक सय ३० रनको लक्ष्य पछ्याएको मधेसले निर्धारित ओभर नै खेल्दै ६९ रन मात्र जोड्न सक्यो । अर्को खेलमा एपिएफले दिएको एक सय ५२ रनको लक्ष्य लुम्बिनीले पनि निर्धारित २० ओभर नै खेले पनि ९ विकेटको क्षतिमा ६१ रन मात्र जोड्न सक्यो । पहिलोपटक राउण्ड रोबिनका आधारमा भएको प्रतियोगितामा आठ टोलीले नै एकआपसमा प्रतिष्पर्धा गर्नेछन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);