डेढ वर्षभित्र देशभर बिजुली नपुगेको घर हुँदैनः प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

डेढ वर्षभित्र देशभर बिजुली नपुगेको घर हुँदैनः प्रधानमन्त्री

काठमाडौं, ७ पुस ||
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले डेढ वर्षभित्र पूरै देश उज्यालो हुने दाबी गर्नुभएको छ । शनिवार जनतासँग माओवादी विशेष रुपान्तरणअन्तर्गत काठमाडौंको बुढानीलकण्ठमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले डेढ वर्षभित्र एउटा पनि घर विद्युत नपुगेको नरहने जिकिर गर्नुभयो । उहाँले डेढ वर्षभित्र सारा देश उज्यालो बनाउने लक्ष्यका साथ आफूहरुले काम गरिरहेको बताउनु भयो । प्रधानमन्त्री दाहालले आफ्नो दोस्रो कार्यकालमा लोडसेडिङ अन्त्य गरेको भएपनि त्यसको प्रचार गर्न नसकेको बताउनु भयो । उहाँले लोडसेडिङको अन्त्य गरी आफूले नै नेपाललाई उज्यालो नेपालको नयाँ युगमा प्रवेश गराएको दाबी गर्नुभयो ।
प्रधानमन्त्री दाहालले भूमि सम्बन्धी, सुकुम्वासी, अव्यवस्थित बसोवासी र स्ववासीका समस्या समाधानका लागि चाँडै नै नयाँ ऐन जारी गर्न लागेको बताउनु भयो । उहाँले नयाँ ऐन जारी गर्नका लागि राजनीतिक सहमति जुटिसकेको र रकारमा पनि छलफल भइसकेको बताउनु भयो । प्रधानमन्त्री दाहालले नयाँ ऐन आएसँगै लालपूर्जा वितरणको एउटा नयाँ अभियान शुरु हुने उद्घोष गर्नुभयो । ५० औं वर्षदेखिका अव्यवस्थित बसोवासीका, स्ववासीका समस्या समाधान गर्ने ढंगले ऐनको व्यवस्था भइरहेको बताउनु भयो । उहाँले ऐनमा भएका केही त्रुटीका कारणले यो समस्या आइरहेको र अहिले आफूले समस्या फुकाउन लागेको बताउनु भयो ।
प्रधानमन्त्री दाहालले देशका सबै उत्पीडित, वर्ग, जाति, क्षेत्र, समुदायको हक अधिकारका लागि इमान्दारितापूर्वक लड्ने पार्टी माओवादी भएको बताउनु भयो । सबैको साथ रहेमा अर्को पटकको निर्वाचनमा माओवादी सबैभन्दा ठूलो पार्टी बन्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);