काठमाडौं, ७ पुस ||
कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले संसद सुचारु हुन ढिलो भए अध्यादेशमार्फत संघीय निजामति ऐन ल्याउने बताउनुभएको छ । शनिवार पार्टीको वागमती प्रदेशस्तरीय प्रथम प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उहाँले संसद सञ्चालन हुन ढिलो भए अध्यादेशमार्फत संघीय निजामति ऐन ल्याउने बताउनुभएको हो । उहाँले संघीय प्रहरी ऐन, संघीय कर्मचारी ऐन र शिक्षा विधेयकहरु संसद सञ्चालन हुन ढिलो भए अध्यादेशमार्फत ल्याउने बताउनु भयो । उहाँले स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन छिटै संघीय कानूनहरु पारित गर्ने तयारीमा रहेको बताउनु भयो । उपसभापति गुरुङले काँग्रेसको आनीबानी र व्यवहारमा सुदृढ गर्न आवश्यक रहेको बताउनु भयो ।
संसद सुचारु हुन ढिलो भए अध्यादेशमार्फत संघीय निजामति ऐन ल्याउँछौँः मन्त्री गुरुङ
ताजा समाचार
जानकी नवमीको अवसरमा राष्ट्रिय बिदा दिन सरकारसँग माग
१५ घन्टा अघि
न्यायको पहिलो हक शहीद परिवारलाई : सभापति लामिछाने
१७ घन्टा अघि
धितोपत्र बजार पुँजीकरण ४७ खर्ब ४४ अर्ब
१८ घन्टा अघि




