काठमाडौं, ७ पुस ||
देशभरका पालिकामा आधारभुत अस्पताल बन्दै गरेपनि ग्रामिण तथा दुर्गम क्षेत्रमा स्वास्थ्यको पहुँच अझै पुग्न सकेको छैन । दूर दराजका जनताहरु गुणस्तरीय सेवाको पहुँच लिनका लागि धेरै टाढा पुग्नुपर्ने बाध्यता रहेको छ । अधिकांश पालिकाहरुमा सबै किसिमको स्वास्थ्य सेवा नुहँदा मानिसहरुले चर्को मूल्य तिर्ने, समयमा उपचार नपाउने लगायतका विभिन्न सास्ती खेप्नुपर्ने बाध्यता पनि छ । ग्रामिण दुर्गम तथा स्वास्थ्यको पहुँचबाट टाढा रहेका जनताको लागि काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । पालिकामा अस्पताल नहुँदा सेवा लिन टाढा जानुपर्ने बाध्यता रहेका बिरामी निःशुल्क उपचारबाट लाभान्वित भएका छन् । १६ जना चिकित्सकको टोलीले बिरामीको चेकजाँच गरेका थिए । शिविरले पालिकाको जनतालाई सुविधा भएको बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशवकुमार श्रेष्ठले बताउनु भयो ।
शिविरमा मुटु, मिर्गौला, आँखा, नाक, कान, घाटी, छाला तथा यौनरोग, हाड जोर्नी तथा नशा, मानसिक रोग, महिला तथा स्त्री विशेषज्ञ सेवा, बाल रोग, दाँत रोगको चेकजाँच र उपचार गरिएको थियो । साथै इसिजी, भिडियो एक्सरे, दिसा पिसाव, खकार, रगत जाँच र औषधि समेत निःशुल्क रहेको थियो । पालिका र काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालको टिमले पालिकामा आएर स्वास्थ्य शिविर सञ्चालन गर्दा उपचारमा सहज भएको सेवाग्राहीले बताए ।
अस्पतालले एक वर्षमा १ सय भन्दा बढी स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । पछिल्लो महिना काभ्रेपलाञ्चोक, रसुवा, प्युठान, दाङ जिल्लाका पालिकामा शिविर सम्पन्न गरेको छ । स्वास्थ्य शिविरमा विपन्न, सिमान्तकृत वर्ग, वृद्धवृद्धा स्वास्थ्यको पहुँच नपुगेका दूर दराजका बिरामीको चाप रहेको चिकित्सकहरुले बताउनु भयो । स्थानीयहरुले सामान्य उपचार पनि पाउन नसकेको र गर्भवती, महिनावारी हुने महिलाले पनि सामान्य ज्ञान नपाएको अवस्था रहेको बताए । ग्रामिण भेगका महिलाहरुमा समस्या भन्न लजाउने र उपचार गर्न नमान्ने समस्या बढी देखिएको पाइएको बताए ।
मेडिकल कलेजले हरेक वर्ष १ सय वढी स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । स्वास्थ्य सेवाको पहुँच नभएको क्षेत्रमा पालिकासँग समन्वय गरी शिविर सञ्चालन गर्दै आएको छ । काठमाडौंको लच्छीफेदीकाट शुरु गरिएको शिविर सोलुखुम्बु, खोटाङ, भोजपुर अछाम काभ्रे, रसुवा, प्युठानका विकट तथा दुर्गम पालिकामा सञ्चालन गरिएको छ । शिविर पूर्णतया निःशुल्क रहेको काठमाडौं मेडिकल कलेज तथा नेवेल मेडिकल कलेजका सञ्चालक तथा संघीय सांसद सुनिल शर्माले बताउनु भयो । त्यस्तै पूर्वी नेपालदेखि पश्चिम र सुदूरपश्चिमका भेगमा आफूहरुले निःशुल्क स्वास्थ्य सेवा दिइरहेको बताउनु भयो । उहाँले दूरदराजमा भएका स्वास्थ्यसँग पहुँच नपुग्ने विपन्न जनतालाई निःशुल्क उपचार गर्ने उद्देश्य रहेको बताउनु भयो । उहाँले विपन्न जनतालाई स्वास्थ्यसँग प्रत्यक्ष पहुँच बिस्तार गर्न शिविर सञ्चालन गरेको बताउनु भयो ।
स्वास्थ्यसँग पहुँच नपुग्ने विपन्न जनतालाई निःशुल्क उपचार गर्ने उद्देश्य
ताजा समाचार
‘काठमाडौं आइपुगे राष्ट्रपति पौडेल
१ घन्टा अघि