स्कुटी चोरी गरेर घरमा राखेका तामाङ पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

स्कुटी चोरी गरेर घरमा राखेका तामाङ पक्राउ

ललितपुर,६ पुस । चोरीको स्कुटरसहित एक जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका–१२ ठेचोस्थित हिरानाथ महर्जनले संचालन गरेको पसलभित्र पार्किङ गरी राखिएको बा.५८ प २३१८ नम्बरको स्कुटर, हेल्मेट, नगद लगायत अन्य धनमाल चोरी गरेको अभियोगमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–२ कर्थली घर भई ललितपुर गोदावरी नगरपालिका–१२ ठेचोमा डेरा गरी बस्ने २२ वर्षीय आमोस तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

चोरी घटनाको अनुसन्धान गर्ने क्रममा गोदावरी नगरपालिका–१२ ठेचोमा उनलाई फेला पारी सोधपुछ गर्ने क्रममा उनले उक्त स्कुटर गत मंसिर १५ गते चोरी गरेको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । साथै उनले बागमती एएए ६४५१ नम्बरको स्कुटरसमेत काठमाडौंबाट चोरी गरी आफू बस्ने ठाउँमा पार्किङ गरी राखेको खुल्न आएको छ ।

उनीमाथि जिल्ला अदालत ललितपुरबाट ७ दिन म्याद थप गरी अनुमति प्राप्त गरी आवश्यक कारवाही भइरहेको छ ।

 

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);