जनसंख्याको आधारमा स्थानीय तहमा बजेट विनियोजन हुनुपर्छः मन्त्री यादव | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

जनसंख्याको आधारमा स्थानीय तहमा बजेट विनियोजन हुनुपर्छः मन्त्री यादव

काठमाडौं, ५ पुस ||
खानेपानी तथा सरसफाईमन्त्री महिन्द्र राय यादवले जनसंख्याको आधारमा स्थानीय तहमा बजेट विनियोजन हुनुपर्ने बताउनुभएको छ । बिहीवार काठमाडौंमा नेपाल नगरपालिका संघको आयोजनामा भएको राष्ट्रिय शहरी सरसफाई सम्मेलन, २०२३ लाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्थानीय तहमा विकासको बजेट समुचित विनियोजन हुनुपर्ने बताउनु भयो । उहाँले सरकार कसरी स्थानीय तहलाई प्रभावकारी बनाउन सकिन्छ ? भन्नेकुरामा काम गरिरहेको उल्लेख गर्नुभयो । सबै क्षेत्रको विकास जनसंख्या र भुगोलका आधारमा हुनुपर्ने बताउनु भयो । उहाँले देशको मानव सूचकांकको आधारमा विकासको बजेट छुट्याउनुपर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगानाले संघ, प्रदेश र स्थानीय तह नमिलिकन कुनैपनि विकास निर्माणका काम सम्पन्न हुन नसक्ने बताउनु भयो । उहाँले संघ सरकारले स्थानीय तहलाई दिनुपर्ने अधिकार चाँडो भन्दा चाँडो दिनुपर्ने बताउनु भयो । अध्यक्ष ढुंगानाले स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउन अब ढिलो गर्नु नहुने बताउनु भयो

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);