इँटाभट्टामा महिला करणी गर्ने स्याङतान पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

इँटाभट्टामा महिला करणी गर्ने स्याङतान पक्राउ

भक्तपुर,४ पुस । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चाँगुनारायण नगरपालका–२ दुवाकोट स्थित इँटाभट्टामा काम गर्ने सोही भट्टाको झ्याउलीमा बस्ने ४९ वर्षीया सोम बहादुर स्याङतानलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

स्याङतानले ती किशोरीलाई सोही भट्टाको झ्याउलीमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुर र प्रहरी प्रभाग ब्यासीबाट खटिएको प्रहरीले उनलाई सोही नगरपालिका–५ पिखेलबाट पक्राउ गरेको हो ।

झापा, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गौरादह नगरपालिका(६ बस्ने २३ वर्षीय दीपक बराइलीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । कन्काई नगरपालिका(२ सुरुङगा बजारस्थित पेरिस होटल एण्ड लजमा गत मंसिर २५ गते बराइलीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);