काठमाडौं,३ पुस । आजदेखि नेपाली कांग्रेस गण्डकी प्रदेशको सम्मेलन पोखरामा सुरु हुँदै छ । पोखरा सभागृहमा सभापति शेरबहादुर देउवाले सम्मेलनको उदघाटन गर्ने छन् । बन्दसत्र भने भोलि पोखरा पार्टी प्यालेसमा हुने छ ।
सम्मेलनमा पार्टी सभापति देउवा,महामन्त्री गगनकुमार थापासहित पार्टी केन्द्रीय समितिका पदाधिकारीसमेत सहभागी हुनेछन् । बन्दसत्रमा गण्डकी प्रदेश कार्यसमितिका सहित ५ सय जना प्रतिनिधिले भाग लिनेछन् ।
संघीयतापछि कांग्रेसले पहिलो पटक प्रदेश सम्मेलन गरिरहेको छ । यसअघि गत मंसिर १६ र १७ गते नेपाली कांग्रेसकोे लुम्बिनी प्रदेश सम्मेलन भएको थियो ।