जितपुरसिमराका वडाध्यक्ष ५ लाख घुससहित पक्राउ परेपछि... | ईमाउण्टेन समाचार

Our Network

फागुन १९ २०८१, सोमबार

जितपुरसिमराका वडाध्यक्ष ५ लाख घुससहित पक्राउ परेपछि…

बारा,३ पुस । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष तारा बहादुर कार्की घुससहित पक्राउ परेका छन् । कार्कीलाई सेवाग्राहीसँग ५ लाख रुपैयाँ लिएपछि सोही रकमसहित अख्तियारले नियन्त्रणमा लिएको हो ।

कार्कीले घरबाटो सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस÷रिसवत माग गरिरहेको सुचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाबाट खटिई गएको टोलीले कार्कीलाई नियन्त्रणमा लिएको हो ।

कार्कीलाई उपमहानगरपालिका वडा नं. ७ बाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता नरहरी घिमिरेले जनाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);