गल्फ कार्षको भाडा शुल्क घटाइदिन खेलकुद मन्त्रीलाई आग्रह | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८२, बुधवार

गल्फ कार्षको भाडा शुल्क घटाइदिन खेलकुद मन्त्रीलाई आग्रह

काठमाडौं, २ पुस ||
रोयल नेपाल गल्फ क्लव (आरएनजिसी) ले नेपालकै पुरानो गल्फ क्लवका रूपमा रहेको आफ्नो संस्था संरक्षणका लागि सहयोग गर्न युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई आग्रह गरेको छ । आरएनजिसीको स्थापना सन् १९१७ मा भएको थियो । करिव १०६ वर्ष पुरानो संस्थाले कयौं गल्फका खेलाडी उत्पादन गर्दै आइरहेको छ । १३ औं दक्षिण एशियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता सुवास तामाङ र राष्ट्रिय टोलीकी प्रतिमा शेर्पाले पनि आरएनजिसीबाट गल्फ करियरको शुरुवात गरेका थिए । क्लबले पछिल्ला समय युथहरूलाई पनि गल्फ प्रशिक्षण गराउँदै आएको छ । आफूहरू नाफा कमाउन भन्दा पनि गल्फ खेलको विकासमा लागेको संस्था रहे पनि पछिल्ला समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ नागरिक उड्यन कार्यालयले वार्षिक रूपमा क्लवले तिर्दै आएको भाडा शुल्क बढाएपछि समस्यामा परेको जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छेउमा रहेको आरएनजिसीले जग्गा प्रयोग गरेबापत भाडा वार्षिक ६ लाख रुपैयाँ सरकारलाई बुझाउँदै आएको थियो । तर सो कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको छेउमा रहेको आरएनजिसीको वार्षिक भाडा शुल्क २३ लाख रुपैयाँ पु¥याएको छ । त्यससँगै आफूहरूले त्यो रकम तिर्न नसक्ने भन्दै क्लबले युवा तथा खेलकुदमन्त्री लिम्बू समक्ष बढाइएको शुल्कबारे घटाउन सहजीकरण गरिदिन आग्रह गरेका हुन् । सोमवार क्लवमा नै मन्त्री लिम्बूसँगको छलफलमा क्लवले लामो इतिहास बोकेको क्लव समस्या परेको भन्दै सहयोग गरिदिन अनुरोध गरेका छन् ।
सो अवसर मन्त्री लिम्बूले गल्फ विकासमा लामो समय योगदान पु¥याएको आरएनजिसीको समस्याबारे पर्यटन तथा नागरिक उड्यन मन्त्रालयसँग छलफल गर्दै सहजीकरण गर्ने मन्त्रीले लिम्बूले विश्वास व्यक्त गरेका छन् ।
सो अवसरमा क्लबले यसअघि गर्दै आएको विभिन्न कार्यक्रमबारे मन्त्रीलाई लिम्बुलाई जानकारी गराएको थियो । साथै मन्त्री लिम्बूले गल्फ कोर्सको अवलोकन गरेका थिए । आरएनजिसीमा १८ होलको गल्फ प्रतियोगिता हुँदै आएको छ ।

Leave a Reply