अब योग्यताको आधारमा विश्वविद्यालयमा उपकुलपतिको नियुक्ति हुन्छः प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

अब योग्यताको आधारमा विश्वविद्यालयमा उपकुलपतिको नियुक्ति हुन्छः प्रधानमन्त्री

काठमाडौं, २ पुस ||
प्रधानमन्त्री पुष्पकमल दाहालले योग्यताको आधारमा त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिको नियुक्ति गर्ने बताउनुभएको छ । सोमवार त्रिभुवन विश्वविद्याालयको ४९ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले त्रिभुवन विश्वविद्यालयबाट नै राजनैतिक भागबण्डाको अन्त्य गर्नेसमेत प्रतिवद्धता जनाउनु भयो । उहाँले नेपालमा आधारभुत शिक्षामात्र निःशुल्क नभइ विश्वविद्यालय शिक्षा पनि सर्वसुलभ बनाउने दिशामा काम गरिरहेको बताउनु भयो । उहाँले आर्थिक हैसियत भएकाहरुको मात्र उच्च शिक्षामा पहुँच हुनु नहुने पनि बताउनु भयो । उहाँले उच्च शिक्षा नीतिअनुरुप विश्वविद्यालय शिक्षामा पनि समयानुकल सुधार गर्दै लगिएको बताउनु भयो ।
प्रधानमन्त्री दाहालले आफ्ना विद्यार्थीलाई विश्वबजारमा अब्बल प्रमाणित गर्नसक्ने बनाउनु त्रिभुवन विश्वविद्यालयको आजको चुनौति रहेको बताउनु भयो । उहाँले गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);