विवाहपञ्चमी महोत्सवको मुख्य दिन आज भगवान रामजानकीको स्वयम्वर सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

माघ १२ २०८१, शनिबार

विवाहपञ्चमी महोत्सवको मुख्य दिन आज भगवान रामजानकीको स्वयम्वर सम्पन्न

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको मुख्य दिन आज भगवान रामजानकीको स्वयम्वर सम्पन्न भएको छ ।

जानकी मन्दिर तथा राम मन्दिरको डोला रंगभूमि मैदानमा पुगेर स्वयम्वर विधि सम्पन्न भएको हो ।

राम मन्दिरको डोला मन्दिरका महन्थ राम गिरीको नेतृत्वमा दर्जनौँ सवारी साधन र बाजागाजाका साथ निस्केको थियो भने जानकी मन्दिरको डोलाको नेतृत्व महन्थ उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले गर्नुभएको थियो ।

रंगभूमी मैदान पुगेका अन्य मन्दिरहरुको डोलासँगै भगवान रामको डोलाले माता सीताको डोलालाई परिक्रमा गरेपछि रामजानकीको स्वयम्वर सम्पन्न भएको हो ।

जानकी मन्दिर परिसरमा आज राति रामजानकीको वैवाहिक कार्यक्रम मिथिला संस्कृतिअनुसार सम्पन्न हुनेछ ।

वैवाहिक कार्यक्रममा राम मन्दिरका महन्थ राम गिरीले रामका बुबा अर्थात राजा दशरथको भुमिका तथा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव सीताको बुवा अर्थात राजा जनकको भुमिका निर्वाह गर्नुहुने छ ।

वैवाहिक कार्यक्रमका लागि जानकी मन्दिरलाई दुलहीझैँ श्रृङ्गारिएको छ ।

त्यस्तै वैवाहिक कार्यक्रमका लागि जानकी मन्दिर परिसरमै मण्डपसमेत बनाइएको छ । यस मण्डपमा रामजानकीको वैवाहिक कार्यक्रम हुनेछ । ००००

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);