चोभार सुख्खा बन्दरगाह निजी क्षेत्रबाट सञ्चालन गर्न शुरु | ईमाउण्टेन समाचार

Our Network

जेठ २१ २०८१, सोमबार

चोभार सुख्खा बन्दरगाह निजी क्षेत्रबाट सञ्चालन गर्न शुरु

काठमाडौं, मंसिर २९ ||
चोभार सुख्खा बन्दरगाह निजी क्षेत्रको व्यवस्थापनमा सञ्चालन गर्न शुरु गरिएको छ । बन्दरगाह शुक्रवारदेखि निजी क्षेत्रको व्यवस्थापनमा सञ्चालन गर्न शुरु गरिएको हो । केही दिनअघि चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि नेपाल इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल टि आर एस लोजिपार्क प्रा.लि.बीच सम्झौता भएको थियो । सम्झौतामा समिति र प्रा.लि.बीच पाँच वर्षका लागि दुई करोड ८८ लाख रकम न्युनतम सट्टापट्टा बहाल र नियमानुसार महसुल बाँडफाँट गर्नेगरी हस्ताक्षर भएको थियो । सोही सम्झौताअनुरुप शुक्रवारदेखि बन्दरगाह सञ्चालनको जिम्मेवारी ट्रान्स नेपाल टि आर एस लोजिपार्कले लिएको छ । सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाहमा रहेका ७ वटै पोर्टहरु निजी क्षेत्रमार्फत सञ्चालन भइरहेका बताउनु भयो । अघिल्लो वर्ष पोर्ट सञ्चालनबाट १३५ करोड रुपैयाँ भन्दा बढी आम्दानी गर्न सकेको उहाँले जानकारी दिनुभयो । उहाँले समितिकै स्वीकृत दररेटमा बसेर निजी क्षेत्रले सेवा, सुविधा दिने बताउनु भयो । उहाँले सुख्खा बन्दरगाहमा निजी क्षेत्रको विज्ञताको प्रयोगले सेवाको स्तर बढ्ने र राज्यको आम्दानीपनि बढ्ने बताउनु भयो । उहाँले सार्वजनिक–निजी साझेदारीको अवधारणा अनुरुप बन्दरगाह निजी क्षेत्रलाई सञ्चालन गर्न दिदाँ सेवा र आम्दानीको हिसावले राम्रो परिणा देखाएको बताउनु भयो ।
उहाँले सुख्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालन गर्ने आफुहरुको उद्देश्य रहेपनि काठमाडौं–तराई÷मधेस द्रुतमार्ग नबनेसम्म पूर्ण सञ्चालनमा नआउने बताउनु भयो । यद्यपी आफूहरुले निजी क्षेत्रसँग सहकार्य गरेर चलायमान बनाउने कोशिस गर्ने बताउनु भयो ।
सुख्खा बन्दरगाह सञ्चालनको जिम्मा लिएको ट्रान्स नेपाल टि आर एस लोजिपार्क प्रा.लि.ले चोभारमा सुख्खा बन्दरगाहको कामलाई नमूनाको रुपमा विकास गर्ने बताएको छ । सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै ट्रान्स नेपाल टि आर एस लोजिपार्क प्रा.लि.का प्रतिनिधि अनन्त सिंहले आफुहरुले विराटनगर, काँकडभिट्टा, वीरगञ्ज र तातोपानीमा पनि सेवा दिइरहेको भन्दै चोभारमा पनि सोही सेवाको निरन्तरता दिने बताउनु भयो । उहाँले चोभारलाई नमुनाको रुपमा विकास गर्ने उल्लेख गर्नुभयो । उहाँले चोभार सुख्खा बन्दरगाहलाई राम्रोसँग सञ्चालन गर्न आफूहरु प्रतिवद्ध रहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);